खोटाङ समाचार

khotang first online news

चैत्र–२५, रामनवमीको अवसरमा पुर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ ।  रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीहरुको बाक्लो भीड लागेको हो ।  मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, कोरियालगायतका लाखौं दर्शनार्थीहरुको उपस्थिति रहेको छ । किरात, वौद्ध...
चैत–२४, सामुदायीक बन उपभोक्ता महासंघ खोटाङको अध्यक्षमा राजेन्द्र राई चयन हुनुभएको छ ।  बिजयखर्कस्थित जनचेतना निमाबिमा आइतबार सम्पन्न तेश्रो अधिबेसनबाट राई अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । “समावेशी र सुशासनयूक्त सामुदायिक बन समुदायको सुदृढ संगठन हाम्रो अभियान” भन्ने नारासहित सम्पन्न अधिबेसनबाट उपाध्यक्षमा मनकुमारी राई, महासचिवमा रुपा उदास र कोषाध्यक्षमा सम्बर...
चैत–२४, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले वर्ष दिनको अवधिमा दैबीप्रकोपमा परेका जिल्लाका २१९ घरपरिवारलाई राहत वितरण गरेको जनाएको छ । आफ्नो २७ औं जिल्लासभाको अवशरमा आइतबार रेडक्रसले ८४ घर आगलागी पिडित, ११८ घर बाढी पिडित, ७ घर चट्याङ् पिडित र १० घर हावाहुरी पिडितलाई प्रकोप उद्धार एबं राहत...
चैत–१९, चेलीबेटी बेचबिखन नियन्त्रणकालागि खोटाङमा होर्डिङबोर्ड राख्ने तयारी गरिएको छ । ललाईफकाई जिल्लाबाट हुन सक्ने चेलीबेटी तथा मानव बेचबिखन नियन्त्रणकालागि जनचेतनामूलक होर्डिङबोर्ड राख्ने तयारी गरिएको हो ।  मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिको मंगलबार सबेको बैठकले जिल्लाको दुई प्रमुख नाकाहरुमा सन्देशमूलक होर्डिङबोर्ड राख्ने निर्णय गरेको हो । बैठकले जिल्लाका...
चैत–१८, कम्पनीको मलिक भागेपछि मलेसियामा अलपत्र परेका ८५ जना नेपालीको उद्धार गरिएको छ । कम्पनीको मालिक पासपोर्ट लिएर भागेपछि महिना दिनदेखि अलपत्र बनेका ८९ नेपालीमध्ये ८५ जनाको उद्धार गरिएको हो ।  सुरक्षित आप्रवासन परियोजना सामीको पहलमा शनिबार ३० र आइतबार ५५ जनालाई उद्धारगरि नेपाल फर्काउन सफल भइएको जनसेवा समाज नेपालद्धारा...
चैत–१४, खोटाङका एक दलित परिवारको जग्गा छिमेकी गैंरदलित परिवारले हडपेका छन् । जिल्लाको साउनेचौंर–७ का बिचारी दर्जीको जग्गा छिमेकी चार गैंरदलित परिवारले हडपेका हुन् ।  २०६९ साल चैत्र–४ गते जिल्ला मालपोत कार्यालय खोटाङबाट श्रीमतीको नाममा पास गरिएको कित्ता नम्बर ११४ को जग्गा स्थानीय कृष्णप्रसाद निरौला र तुलसी निरौलाले, कित्ता नम्बर...
चैत–११, खोटाङको बाँझेच्यानडाँडा–५ का पदमबहादुर बुढाथोकी परिवारले छोरीको रहस्यमय मृत्यु भएको भन्दै पीडितलाई कारबाहीको माग गरेका छन् । याम्खा–१ बारलाङमा विवाह गरेकी छोरी प्रमिला खत्रीको गत कार्तिक १६ गते काग तिहारका दिन सहस्यमय मृत्यु भएको भन्दै बुढाथोकी परिवारले दोषीको पहिचान गरी कारबाहीको माग गरेको हो ।  सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन...
चैत–५, खोटाङको डुम्रेधारापानीस्थित कालिका भगवती सामुदायिक वनमा लागेको डढेलो दुई दिनपछि स्नाथीयबासी र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । सोमबार दिउसो वडा नम्बर–५ र ७ को सिमानाबाट शुरु भएको डढेलो स्थानीयबासी र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।  सोमबार दिउसो करिब साँढे दुई बजेतिर लागेको डढेलोले वडा नम्बर–५, ६, ७,...
चैत–४, खोटाङको डुम्रेधारापानीस्थित कालिका भगवती सामुदायिक वनमा डढेलो लागेपछि स्नाथीयबासी जोखिममा परेको छ । पुरै गाउँभरी फैलिएको उक्त सामुदायिक वनमा एक्कासी डढेलो लागेपछि गाउँ नै जोखिममा परेको हो ।  सोमबार दिउसो करिब साँढे दुई बजेतिर वडा नम्बर–५ र ७ को सिमानाबाट शुरु भएको डढेलो वडा नम्बर–५, ६, ७, ८ र...
खोटाङको उत्तरी भेग भोजपुर जिल्लासँग सिमाना जोडिएको च्यानडाँडा गाविसमा अवस्थित हिउँ परेको अवस्थामा चखेवा डाँडा । जहाँ भर्खरै मात्रै एनसेलले टावर स्थापना गरेको छ । ३ हजार फिटको उचाईमो रहेको ट्याम्के डाँडो यही ठाउँबाट जान सकिन्छ । तस्बीर : कुलदिप गुरुङ