भदौ–२५, जिल्लामा आयोजना गरिएको तीन दिने निशुल्क स्वास्थ्य शिविरमा झण्डै दुई हजार विभिन्न प्रकारका बिरामीको उपचार गरिएको छ । यरिया वेलफेर खोटाङको आयोजना तथा कादुरी नेपालको आर्थिक सहयोगमा आयोजना गरिएको तीनदिने स्वास्थ्य शिविरमा एक हजार नौं सय जनाको उपचार गरिएको हो ।
शिविरमा सात सय ७७ जना आँखाका रोगीमध्ये ५८ जनाको आँखा शल्यक्रिया गरिएको छ । तीन सय ५२ पाठेघर रोगीमध्ये २८ जनाको रिङप्रेसरी राखिएको यरिया वेलफेर स्किम खोटाङका अफिसर श्यामकुमार राईले जानकारी दिनुभयो । राईका अनुसार छ सय २३ जना दाँतका रोगीमध्ये तीन सय जनाको फुकालिएको छ ।
हरेक दुई÷दुई वर्षमा आयोजना गरिने शिविरमा यस वर्ष गत वर्षको तुलनामा धेरै बिरामी आएको शिविर आयोजक समितिका संयोजक हर्कराज राईले जनाउनुभयो । उहाँले भन्नुभयो, ‘खर्च अभावमा उपचार गराउनबाट वञ्चित सर्वसाधारणको उपचारका लागि लक्ष्यीत गरेर स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।’
सदरमुकाम दिक्तेलस्थित दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कुलमा आयोजना गरिएको शिविरमा ११ जना स्वास्थयकर्मीको टोली आएका थिए । यरिया वेलफेयर मेडिकल स्टाफ अफिसर महेन्द्रकुमार गुरुङको नेतृत्वमा स्वाथ्यकर्मी टोली आएका थिए ।
शिविरमा भुपु पेन्सनर तथा दिक्तेल बहुमुखी क्याम्पसका चालीस जना विद्यार्थीलाई स्वयम् सेवक बनाइएको थियो ।