6.1 C
Kathmandu
Sunday, January 12, 2025

खोटाङ समाचार

khotang first online news

खोटाङ माघ–२३, खोटाङस्थित दुई स्थानीय तहमा चार वडाको संयुक्त स्वामित्वमा सञ्चालन हुने गरी एक थान एम्बूलेन्स प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका, केपीलासगढी गाउँपालिका–१ फेदी र केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा वडा कार्यालयलाई संयुक्त स्वामित्वमा सञ्चालन हुनेगरी स्वास्थ्य मन्त्रालयले एक थान एम्बूलेन्स प्रदान गरेको हो...
खोटाङ माघ–२२, खोटाङका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि एक युवाले साईकल यात्राको तयारी गरेका छन् । जिल्लास्थित धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धमा सघाउ पु¥याउने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कर्ण श्रेष्ठले साईकल यात्राको तयारी गर्नुभएको हो । प्रचुर सम्भावना बोकेको भए पनि ओझेलमा रहेका त्रि–धार्मिकस्थल हलेसी,...
खोटाङ माघ–२२, खोटाङका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पु¥याउन भारतीय सिकारी टोली जिल्ला आईपुगेका छन् । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपछि बाँदरलाई भारतीय पेसेवार शिकारीमार्फत समातेर राष्ट्रिय निकुञ्ज पु¥याएर छाड्ने तयारी थालिएको हो । जिल्लाका...
खोटाङ माघ–१४, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित महेन्द्रोद्धय आधारभुत विद्यालय लिलिमाको पक्की भवन उद्घाटन गरिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको ९ लाखको खर्चमा निर्माण गरिएको विद्यालयको पक्की भवन सोमबार गाउँपालिका प्रमुख भूपेन्द्र राईले उद्घाटन गरेका हुन् । आर्थिक वर्ष २०७४÷०७५ मा गाउँपालिकाले बिनियोजन गरेको १५ लाखमध्ये ९ लाखमा भवन निर्माणको...
खोटाङ माघ–११, खोटाङस्थित जिल्ला कारागार शाखा दिक्तेलमा महिला वन्दी राखिएको भवन जिर्ण वनेका कारण वस्न तथा सुत्न समस्या भएको गुनासो आएको छ । मानव अधिकार शान्ति समाज खोटाङले विहिवार कारागार अनुगमन गर्ने क्रममा महिला वन्दीहरुले जिर्ण भवनमा वस्नुपरेकोले आफुहरुलाई सुत्न वस्न समस्या भएको गुनासो गरेका हुन् । कारागार प्रशासन तथा बन्दीसँग...
खोटाङ माघ–९, एक नम्वर प्रदेश सांसद उषाकला राईले आमाको श्रद्दामा कपाल मुण्डन गरी किरियापुत्री वसेपछि आफुलाई ‘स्ट्रोङ फिल’ भएको वताउनुभएको छ । आफुलाई जन्माई, हुर्काई हालको अस्तित्वसम्म पु¥याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्रधारण गरेपछि हलुका र शक्तिशाली महशुष गरेको सांसद राईले जनाउनुभयो । आमाको निधनले अगाध पीडामा पर्नुभएकी...
खोटाङ माघ–७, मानसिक समस्याबाट पीडित हुँदा खोरमा थुनिन वाध्य महिलाको उपचारपछि परिवारमा खुशियाली छाएको छ । मानसिक सन्तुलन गुम्ने समस्याबाट ग्रसित भएपछि परिवारले खोरमा थुनेर राखेका दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीय रमिला तामाङको उपचारपछि स्वास्थ्य ठीक भएपछि परिवार खुशी वनेका हुन् । मानसिक अस्वस्थतापछि गाउँघरमा विज्याईं गर्र्नें, वालवच्चा तथा पशुचौपाय...
खोटाङ माघ–५,  खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा एक पुरुष मृत फेला परेका छन् । साबिकको लिच्कीराम्चे–६ ढुसेनीमा शनिबार सडकमै तराईमुलको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । हेर्दा अन्दाजी ५०–५५ वर्षका आर्यान समुदायकोजस्तो देखिने पुरुषको शव पोष्टमार्टमका लागि उदयपुर पठाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका वडाध्यक्ष गोपीकृष्ण राईले बताउनुभयो । मृतकको साथमा लाईटर, बिँडी र...
काठमाडौं ५ पुस । खोटाङ साकेला गाउँपालिका २ का अगम राईको काठमाडौंदेखि खोटाङ जाने क्रममा सुमो गाडीबाटै करिब ३ लाख ५० हजार नगद र ५ लाख बराबरको गरगहना हराएको छ । काठमाडौंबाट ना १ ज ५०२६ नम्बरको सुमोमा यात्रा गर्ने क्रममा हुटमा राखिएको सुटकेससहित उनको ३ लाख ५२ हजार नगद...
खोटाङ माघ–२, २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा खोटाङमा कृत्रिम भूकम्प अभ्यास प्रदर्शन गरिएको छ । दिवसको अवसर पारेर बुधबार जिल्लाको दिक्तेलवजारस्थित माटिकोरेमा कृत्रिम भूकम्प अभ्यास प्रदर्शन गरिएको हो । भूकम्प, भूकम्पले पु¥याउने क्षती तथा त्यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका बिषयमा सर्वसाधारणलाई जानकारी गराउने उदेश्यले दिक्तेलमा कृत्रिम भूकम्प अभ्यास प्रदर्शन...