खोटाङ असोज–४, साँस्कृतिक अभियान्ता तथा निर्देशक रोशन चाम्लिङ राई पुरस्कृत हुनुभएको छ । संस्कृतिकर्मीका साथै नृत्य तथा चलचित्र निर्देशनमा क्रियाशील राईलाई सुम्निमा कल्चर एकेडेमी ललितपुरले निर्माण गरेको ‘सुम्निमा–कलेक्सन संस्कृति संरक्षण पुरस्कार–२०७६ प्रदान गरिएको हो ।

नेपाली कला र संस्कृति संरक्षण, संवद्र्दनमा डेढ दशकदेखि खोज, अध्ययन, अनुसन्धान गर्दै संस्कृति संरक्षणमा महत्वपूर्ण अभियान सञ्चालन गरिरहेको भन्दै शनिवार राईलाई सम्मान गरिएको हो । वरिष्ठ गायक तथा संगीतकारका साथै संस्कृतिकर्मी समेत रहनुभएका जीतेन राईको प्रमुख आतिथ्यमा ललितपुरमा आयोजित कार्यक्रममा राईलाई नगद ७ हजार रुपैंयाँ पुरस्कार सहित कदर–पत्रले सम्मान गरेको हो ।

अभियानकै क्रममा राईले मौलिक लोक नृत्य संरक्षणका लागि लामो समयदेखि नृत्य प्रशिक्षण दिनुका साथै प्रर्दशनीका लागि योगदान पु¥याएको उल्लेख गरिएको छ । किराती मिथकमा आधारित नेपाली कथानक चलचित्र ‘बिनायो’का निर्देशक राईले विभिन्न सांगीतिक भिडियो संग्रहहरुका लागि निर्देशन गर्नुभएको छ । एकेडेमीका अध्यक्ष डीवी राई(सरोज), सचिव जनक राई तथा अक्षयकोषदाता सुम्निमा कलेक्सनका सञ्चालक संसकृतिकर्मी कपिल राईको समेत हस्ताक्षर रहेको कदर–पत्रमा आगामी दिनमा समेत राईवाट सो कर्ममा निरन्तरता रहने उल्लेख गरिएको छ । उक्त पुरस्कार २०७३ मा स्थापना गरिएको थियो ।