घर जलेपछि राजेश पायल राईले भने,- ‘यो घडिमा अहिलै घरमा आउन सकिन, सक्दिन’

काठमाडौं । राई इज किङ अर्थात राजेश पायल राई । यो नाम नेपालीका लागि अपरिचित छैन । नेपाली सांगितिक क्षेत्रमा अपार नाम बोकेका यिनै खोटाङ जन्म भएका राजेश पायलले केही दिन अघि मात्र जे सुने, असाध्यै दुःखद् खबर सुने । बानेश्वरस्थित उनको घरमा विद्युत सर्ट भएर आगलागी हुँदा मानवीय क्षति त भएन तर भौतिक क्षति भयो भने राजेशका अहिलेसम्मका प्रमाणपत्र र अवार्डहरु जले ।

तर, राई इज किङले जलेको आफ्नो घर कोठा अहिले पनि देख्न पाएका छैनन् । उनले जे जति देखे अनलाइन, युट्युब तथा सामाजिक सञ्जालमा पोष्ट भएका फोटो भिडियोहरुमार्फत घर र कोठा जलेको देखेका छन् ।

१० सेम्टेम्बरमा राजेश कोरिया पुगेका थिए । १४ सेम्टेम्बरमा भने उनले युकेको स्विनडनबाट लाइभ गरेका थिए । त्यसको दुई दिनपछि उनको बानेश्वरस्थित घरमा आगलागी भयो । उनले यो कुरा अनलाइन तथा युट्युबबाट क्षणभरमै देखें । उनले लगत्तै एक युट्युबको लिंकसहित सुरक्षाकर्मी छिमेकी तथा परिवारप्रति धन्यवाद दिए । यो घडिमा अहिलै घरमा आउन सकिन, सक्दिन पनि, म सँग पेशा छ अनि बाध्यता पनि र आयोजक सँग अझै (अमेरिका क्यानडा) दुई महिनाको कार्यक्रमको एग्रीमेन्ट छ तर यो परी स्थिति मा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति, यहाँ बाटै हार्दिक नमन ।’

आगलागीबाट उनका अवार्डहरु र प्रमाणपत्रहरु जलेका थिए । उनले त्यसबारे पनि मन थाम्दै आफूलाई माया गर्नेहरुप्रति गहिरो रुपमा सम्झिए । ‘…एवार्ड जले होलान तर तपाइहरुले दिएको आशिर्वाद माया, सुझाव नजलोस् !! म सदा तपाइहरु कै काखमा लुट्पुटिने मान्छे ।’

कसैले दुःखले कमाएको पैसाले किनेको घर जल्दा कसको पो मन जल्दैन र ? राजेश पायलको पनि नदुख्ने कुरै भएन । उनले सोही रातको ९ः१८ मिनेटमा अर्को स्टाटस लेखेर आफू पीडामा नभएको भन्दै मन बुझाउने प्रयास गरे । ‘म पिडामा छैन किनकी तपाइहरुको आशिर्वाद र मायाको अगाडी यो पिडा, पिडा हैन !! मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रती, यहाँबाटै हार्दिक नमन ..एवार्ड जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया, सुझाव नजलोस् !! म सदा तपाइहरु कै काखमा लुट्पुटिने मान्छे ।’

भोलिपल्ट अर्थात १७ तारिमा भने उनले भगवान सम्झिएका छन् । उनले मान्छेबाट मात्र नभएर भगवानबाट पनि गल्ती भएको भन्दै भगवानले नै फेरि दिलाउने विश्वास पनि लिएका छन् । ‘गल्ती, कमी कमजोरी मान्छेबाट हुन्छ भन्थे भगवानबाट नि हुदो रहेछ, उनैले दिए उनैले लगे अब उनैले दिनेछन एक दिन फेरी गल्ती नगरिकन । यो परीस्थिती मा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँ पर्देशी भुमी बाटै हार्दिक नमन ।।एवार्ड जले होलान तर तपाइहरुले दिएको आसिर्बाद माया, सुझाब कहिलै नजलोस ..म सदा तपाइहरु कै काखमा लुट्पुटिने मान्छे ।’

सोही दिन केही समयपछि गायक राजेशले महानायक राजेशको स्टाटस् पढ्न पुग्छन् । नायक राजेशले गायक राजेशको सामान जले पनि उहाँको हिम्मत र दोस्ती कहिल्यै नजल्ने बताएका छन् ।
राजेश हमालको स्टाटस सेयर गर्दै उनले पनि बलवान नै समय हुने र दौतरी कहिल्यै नछुट्ने बताउँछन् । ‘सबै भन्दा बलवान समय नै हो सबै थोक जले नष्ट भए तर यो हाम्रो तस्बीरलाई न जलाउन सके न त भगवान रुपी दर्शकहरुको माया नै, तपाइको यो स्टाटस्ले मलाई झनै स्ट्रंग बनाएको छ !!
सदा हजुरकै राजेश पायल
“दौतरी यो छुट्ने छैन रहे सम्म जिन्दगानी”