डिएसपी गौतम

मध्य पहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–भोजपुर सडकखण्डमा अज्ञात समूहले गएराती ४ वटा स्काभेटरमा आगजनी गरेको छ । आगजीसँगै निर्माण व्यवसायीहरु त्रासित हुने अवस्था आएको छ । घटनाबारे हामीले खोटाङ जिल्ला प्रहरी प्रमुख डिएसपी वामदेव गौतमसँग कुरा गर्दा उनले सुरुमा आफू चुनाव गर्ने ठाउँमा रहेको भन्दै घटनाबारे सुनेको जवाफ दिए । पछि भने उनले घटनास्थलमा प्रहरी पुगेको बताए । उनीसँग फोनमा गरिएको छोटो कुराकानी:

स्काभेटरमा आगजनी भयो रे, के भएको हो ?
डिएसपीः म त चुनाव गराउने ठाउँमा छु, चुनाव राम्रोसँग सम्पन्न भएको छ ।

तपाईलाई स्काभेटरमा आगजनी भएको थाहा छैन ?
मैले पनि आगजनी भयो भन्ने सुनेको छु ।

अहिलेसम्म प्रहरी पठाउने अनुसन्धान गर्ने काम गर्नु भएको छैन ?
प्रहरी पुगेको छ, अनुसन्धान भइरहेको छ ।