8.1 C
Kathmandu
Thursday, January 9, 2025

समाचार

hot news, khotang news

खाेटाङ ५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाकाे ४ गते सम्पन्न निर्वाचनकाे खाेटाङकाे मतगणना सुरू गर्ने तयारी गरिएकाे छ । ९ बजेदेखि नै मतगणना सुरू गर्ने तयारी गरिए पनि केही ढिला गरि मतगणना सुरू हुन लागेकाे हाे । सुरूमा मतगणना खाेटेहाङबाट गर्ने तयारी छ ।
खोटाङ ४ मंसिर । खोटाङमा आईतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ४८ प्रतिशत मत खसेको छ। प्रारम्भिक मत परीणाम अनुसार उक्त मत खसेको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शुभाषबाबु गिरीले जानकारी दिनुभयो। मुख्य निर्वाचन अधिकृतको कार्यालय(जिल्ला अदालत) मा तारजालीले घेरेर मतगणनास्थल निर्माण गरिएको छ। मतपेटिका राख्नका लागि ५...
खोटाङ ४ मंसिर । खोटाङमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकाे छ। आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण ढंगले मतदान भएको हाे। जिल्लामा ७४ हजार ९२७ जना पुरुष मतदाता र ६७ हजार ८३५ जना महिला मतदाता गरी कूल १ लाख ४२ हजार ७९२ मतदाता रहेका छन् । निर्वाचनका लागि १३६...
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पु¥याइएको छ । मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो । निर्वाचनका लागि आवश्यक सामग्रीसहित एक हजार पाँच...
खोटाङ म्ंसिर–१,  जिल्ला प्रशासन कार्यालय खोटाङले आगामी मंसिर पाँच गतेसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न निषेध गरेको छ । यही मंसिर चार गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो । स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा निर्वाचन...
खोटाङ म्ंसिर–१, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण जिल्ला प्रशासन कार्यालय खोटाङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि कर्मचारी खटिएकाले मङ्सिर ५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरिएको हो । आन्तरिक प्रशासनिक, शान्ति सुरक्षा, विपद्, मुद्दा र निर्वाचनसंँग सम्वन्धित बाहेक अन्य सेवा...
खोटाङ, ३० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई पासाङलाई विजयी गराए मन्त्री बनाउने संकेत दिएका छन् । वाम लोकतान्त्रिक गठबन्धनले बुधबार खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पासाङलाई विजयी गराए मन्त्री बन्ने सम्भावना रहेको बताएका हुन् । प्रचण्डले...
खोटाङ, ३० कात्तिक । नेपाली कांग्रेसका सह–महामन्त्री एबं प्रवक्ता डा. प्रकासशरण महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीले ओलीले समावेसी संविधानलाई भत्काउन खोजेको भन्दै उनले कुरा गर्ने तर काम नगर्ने गरेको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनले खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै डा. महतले अब देशमा काम गर्ने नेतृत्वको...
खोटाङ कात्तिक–२९,  १० स्थानीय तह रहेको खोटाङको नौ स्थानीय तहमा नमुना मतदानको सम्पनन भएको छ । जिल्ला र्बिाचन कार्यालयले मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको माटिकोरे खेलमैदानमा नवौं नमुना मतदान गराएको थियो । मतदाता शिक्षा प्रभावकारी बनाउने र मत बदर हुनबाट जोगाउने योजना अन्तरगत निर्वाचन कार्यालयले गत कात्तिक २०...
खोटाङ २७ कात्तिक । दिक्तेल–दोर्पा दुम्ली–रतन्छा सडक बन्द गरेका छन् । सडकको उक्किएको ढलान र भत्किएको ड्रेन मर्मतको माग गर्दै स्थानीयले शनिबार दिक्तेलको थर्पुटोलमा पोल, बाँस र रुखको हाँगा तेस्र्याएर सडक बन्द गरेका हुन् । दिक्तेलस्थित जिल्ला अस्पतालदेखि पञ्च माबिसम्मको खण्डमा गरिएको ढलान केही समयमै उक्किएर ठाउँ–ठाउँमा रड निस्केको, थर्पुटोलमा...