खोटाङ चेत्र–२२,  राई ईज किङका उपाधीले परिचित चर्चित गायक राजेशपायल राई आफ्नो गृह नगरपालिकाको सद्भावना दुत बन्नुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरकार्यपालिकाको बैठकले उहाँलाई नगर सद्भावना दुत बनाएको हो ।

सोही नगरपालिका–१४ बुइपामा जन्मिएर गायनमार्फत आफ्नो नगर, जिल्ला, र राष्ट्रको परिचय दिन सफल गायक राईलाई नगरको समृद्दि र पहिचानको लागि सद्भावना दुत बनाईएको हो । समृद्द नगरपालिका बनाउनका लागि योजना तय गर्न बसेको कार्यपालिकाको निर्णय सार्बजानिक गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा उक्त जानकारी गराईएको छ । देशबिदेशमा चर्चित गायक राई नगरको शान, मान र पहिचान भएको नगर प्रमुख तीर्थ भट्टराईले उल्लेख गर्नुभयो । राई ईज किङको नियमित हुने देशबिदेशको भ्रमण र प्रस्तुतिले नगरको परिचय देश बिदेशमा अझ स्थापित हुने नगर प्रमुख भट्टराईको बिश्वास छ ।

कार्यपालिकाको बैठकले नगरको बिधागत १९ जना सल्लाहकारको पनि निर्णय गरेका छन् । त्यस बाहेक ९ सदस्यीय अनुभवी सल्लाहकार, २८ सदस्यीय ससृद्द नगर श्रोत ब्यवस्थापन सल्लाहकार, ३७ जना प्राज्ञ–बिज्ञ समुह र २१ जना प्रोजेक्ट बैंक सल्लाहकार समुह निर्माण गरेकोे छ । नगरपालिकाको केन्द्र रहेको दिक्तेलबजार जिल्लाका तत्कालिन सदरमुकाम समेत रहेको भन्दै सल्लाहकारमा जिल्लाभरका ब्यक्तित्वहरुलाई समाबेस गरिएको नगर प्रमुखको भनाई छ । जिल्ला बाहिरका पनि केही प्रभुत्व ब्यक्तिहरुलाई सल्लाहकार राखिएको छ ।

यससँगै, संस्कृति, सभ्यता, धार्मिक तथा र्पर्यटकीय क्षेत्र लगायत जिल्लाका पहिचान झल्कने महत्वका बिषयहरु समेटिने गरी अन्र्तराष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रमको समेत तय भएको छ ।।