फागुन–१५, खोटाङका युवाहरु पछिल्लो समय रेन्बोट्राउट माछापालन ब्यवसायप्रति आकर्षित बनेका छन् । पहाडको चिसो पानीमा हुने रेन्बोट्राउट माछाको माग र मुल्य राम्रै भएकाले युवाहरु यसप्रति आकर्षित बनेका हुन् ।

उत्पादन भइसकेको माछा कहाँ बेच्ने भन्ने डर होईन बरु माग पु¥याउन नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँका शरण राईको भनाई छ । पानीको श्रोत राम्रो भएकाले पनि यसप्रति लोभिएको राईले बताउनुभयो । स्थानीय शुरेश भुजेलसँग ३६ लाख खर्च गरेर १५ वटा पोखरीमा माछा पालन गर्दैआएको राईले जानउनुभयो । दुई युवा मिलेर जिल्लाको प्रमुख ब्यापारिक केन्द्र दिक्तेलबजार नजिकैको तालखर्कमा १० बर्षदेखि माछा पालन गर्दै आउनुभएको छ । उक्त ब्यवसायको लागि एक नम्बर प्रदेश सरकारबाट १५ लाख रुपैंंया अनुदान पाएको उहाँहरुले सुनाउनुभयो ।

यस्तै,साकेला गाउँपालिका–३ खिदीमाका युवाहरुले पनि रेन्बोट्राउट माछा पालन गरेका छन् । तावाहाङ रेन्बोट्राउट कृषक समूहमा आवद्ध २५ जनाले माछा पालन गरेका हुन् । करिब एक करोडको लागतमा निर्माण गरिएको १९ पोखरीमा दुई वर्षदेखि माछा पाल्न सुरु गरेको निशान राईले बताउनुभयो । राईका अनुसार गत वर्ष पाँच लाख रुपैयाँको माछा विक्री गरेका छन् । यो वर्ष करिब १२ सय केजी माछा तयारी भएको राईले सुनाउनुभयो । प्रतिकेजी १५ सय रुपैयाँका दरले बेच्दा १८ लाख रुपैयाँ हुने राई सुनाउँनुहुन्छ ।

जिल्लाका अन्य युवा तथा युवा समुहहरुले पनि यो ब्यवसाय अपनाउँन थालेका छन् ।।