फाइल तस्बीर

खोटाङ । एक सहकारीले बचतकर्ताको पैसा फिर्ता नगरेपछि बचतकर्ता पैसा फिर्ता माग गर्दै सडकमा उत्रिएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको पैसा फिर्ता नगरेको हो ।

बचत अपचलनको कारण संकटमा फसेको बचतकर्ताले डुबेको लगानी फिर्ताको माग गर्दै आइतार दिक्तेल बजारमा बिरोध प्रदर्शन गरेका छन् ।

सहकारीका तत्कालिन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गर्दा सहकारी डुबेको बताइएको छ । डुबेको सावाँ र ब्याज फिर्ता गर्नका लागि बचतर्काले पदमकुमारी सैंजूको संयोजकत्वमा समिति बनाएर आन्दोलन सुरु गरेका हुन् ।