खोटाङ बैशाख–१, खोटाङ र भोजपुरको सिमानामा पर्ने रमणीय चखेवा भञ्याङ पर्यटकको गन्तब्य स्थल बन्न थालेको छ । मध्येपहाडी लोकमार्ग, सरकारले सय गन्तब्यमा राखेको मुन्दुम टे«ल र पर्यटकीय स्थल टेम्के डाडाँले छोएको चखेवामा पर्यटकको लर्को लाग्न थालेको हो ।
खोटाङको साकेला र भोजपुरको टेम्केमयुङ गाउँपालिकाबीचमा अवस्थित चखेवा टेम्के र मुन्दुम टे«ल...
खोटाङ चैत्र–२४, खोटाङको साकेला गाउँपालिकालाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको छ । १५ महिनादेखि ५९ महिना मुनीका सबै बालबालिकाले पूर्ण खोप लगाएको र जन्मेदेखि १५ महिना सम्मका बालबालिकाहरुले खोप लगाईराखेको सुनिश्चित भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चत पालिका घोषणा गरिएको हो ।
गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय...
खोटाङ चेत्र–२२, राई ईज किङका उपाधीले परिचित चर्चित गायक राजेशपायल राई आफ्नो गृह नगरपालिकाको सद्भावना दुत बन्नुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरकार्यपालिकाको बैठकले उहाँलाई नगर सद्भावना दुत बनाएको हो ।
सोही नगरपालिका–१४ बुइपामा जन्मिएर गायनमार्फत आफ्नो नगर, जिल्ला, र राष्ट्रको परिचय दिन सफल गायक राईलाई नगरको समृद्दि र...
खोटाङ चैत्र–२०, खोटाङको दिक्तेलबजारको सडकमा जेब्राक्रसिङ र होम्स अर्थात ब्रेकर निर्माण गर्न शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा पर्ने जिल्लाकै प्रमुख ब्यापारिक केन्द्र दिक्तेलबजारका बिभिन्न स्थानमा जेब्रा क्रसिङ र ब्रेकर राख्नाका साथै केही स्थानमा मर्मतको काम सोमबार शुरु गरिएको हो ।
शहरीकरणसँगै यातायातका चाप समेत बढ्न थालेकाले...
खोटाङ चैत्र–१०, खोटाङको साकेला गाउँपालिकाले युवाहरुको लागि निःशुल्क तीन महिने ब्यवसायिक मोटरसाईकल मर्मत तामिम सञ्चालन गरिरहेको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय खोटाङ र महुरेगढी बहुप्राबिधिक शिक्षालय नुन्थलासँगको सहकार्यमा तालिमको आयोजना गरेको हो ।
चार बर्षदेखि प्रत्येक बर्ष एउटा वडाका युवाहरुलाई...
खोटाङ फागुन–२३, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोग विहीन भएको छ । कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र बजार मूल्य पनि बढी भएका कारण कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र...
खोटाङ फागुन–१६, खोटाङमा ७ सय ७९ घरपरिवार भूमिहिन पाईएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङले मंगलबार पत्रकार सम्मेलन गर्दै १ सय ४९ भूमिहिन सुकुम्बासी, ५० भूमिहिन दलित र ५ सय ८० घरपरिवार अब्यवसिथत बसोबासी पाईएको जनाएको हो ।
केही लगत आउन अझै बाँकी रहेको आयोगले जनाएको छ ।...
फागुन–१५, खोटाङका युवाहरु पछिल्लो समय रेन्बोट्राउट माछापालन ब्यवसायप्रति आकर्षित बनेका छन् । पहाडको चिसो पानीमा हुने रेन्बोट्राउट माछाको माग र मुल्य राम्रै भएकाले युवाहरु यसप्रति आकर्षित बनेका हुन् ।
उत्पादन भइसकेको माछा कहाँ बेच्ने भन्ने डर होईन बरु माग पु¥याउन नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँका शरण राईको भनाई छ...
खोटाङ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत सेखुवा–चखेवा सडकखण्डमा निर्माण सम्पन्न पुल र पिच बाटोमा नै क्षति पुग्ने गरी ढुंगा माटो तथा गिटी उत्खनन्को काम भइरहेको पाइएको छ ।
सेखुवा खोलाको पुल र आसपासको पिच सडक बाटो नै क्षति हुने गरी त्यहाँ ढुंगा निकाल्ने काम भइरहेको पाइएको हो । सेखुवा–चखेवा सडकखण्डको...
खोटाङ । एक सहकारीले बचतकर्ताको पैसा फिर्ता नगरेपछि बचतकर्ता पैसा फिर्ता माग गर्दै सडकमा उत्रिएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको पैसा फिर्ता नगरेको हो ।
बचत अपचलनको कारण संकटमा फसेको बचतकर्ताले डुबेको लगानी फिर्ताको माग गर्दै आइतार दिक्तेल बजारमा बिरोध...