खोटाङ २६ मंसिर । पहिचान पक्षधर समुहले आव्हान गरेको बन्दका कारण खोटाङमा यातायात सेवा ठप्प भएको छ । नेकपा एमालेले सुरु गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको प्रतिरोध स्वरुप पहिचान पक्षधर समुहले मंगलबारदेखि अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका छन् ।

समृद्धिका लागि संकल्प यात्रा अन्तरगत एमालेले आज घुर्मीमा जनसभा गर्ने तयारी गरेको छ । त्यसकै बिरोधमा प्रदेश नम्बर १ पुःन नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तरगत घुर्मी उदयपुर लेगुवाघाट सडक बन्दको आव्हान गरेको हो । बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीको सार्वजनिक सवारी साधन चलेका छैनन् ।