खोटाङ माघ–१६, कोभिड–१९ विरुद्दको ‘कोभिड’ शिल्ड खोप लगाउन सुरु गरिएपछि खोटाङका स्वास्थ्यकर्मी उत्साहित बनेका छन् । राष्ट्रिय खोप अभियान अन्र्तगत बिहिवारदेखि खोप लगाउन सुरु गरिएपछि स्वास्थ्यकर्मी उत्साहित बनेका हुन् ।
कोरोना माहामारीको फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई पहिलो प्राथामिकतामा राखेर जिल्ला अस्पतालमा खोप लगाउन सुरु गरिएकामा दोश्रो दिन शुक्रवारसम्म...
खोटाङ माघ–१६, खोटाङस्थित खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगोले जलेर गम्भीर घाईते भएकी एक सय एक बर्षिया बृद्दाको मृत्यू भएको छ । आगोले जलेर गम्भीर घाईते भएकी धनमुढाकी जेष्ठ महिला हिमादेवी अधिकारीको मृत्यू भएको हो ।
शुक्रबार बिहान गाईबस्तुलाई खोले पकाउनका लागि बालेको आगो ताप्नेक्रममा शरीरमा आगो लाग्दा गम्भीर घाईते भएकी अधिकारीको...
खोटाङ २०७७ माघ–१५,
राष्ट्रिय खोप अभियान अन्र्तगत कोभिड–१९ विरुद्दको ‘कोभिड’ शिल्ड खोप लगाउन सुरु गरिएपछि खोटाङका सर्वसाधारण हर्षित बनेका छन् । पहिलो दिन बिहिबारदेखि जिल्लामा कोभिड बिरद्दको खोप लगाउन सुरु गरिएपछि कोरोना महामारीवाट त्रसित जिल्लावासीमा हर्ष छाएको हो ।
कोरोना माहामारीको फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी र सुरुक्षाकर्मीहरुलाई पहिलो प्राथामिकतामा...
खोटाङ माघ–१५, किराती सभ्यताको उद्गम थलो मानिने खोटाङको तुवाचुङ–जायाजुमडाँडामा राखिएको किराती पुर्खा रैछाकुलेको प्रतिमा राखिएको स्तम्भको बाहिरी भाग उक्किएको विषयमा सरोकारवालाको ध्यानाकर्षण भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको ऐतिहासिक तथा पर्यटकीयस्थलमा राखिएको रैछाकुलेको प्रतिमा राखिएको स्तम्भ फुटेको विषयमा नगरपालिका, किरात राई यायोक्खा, तुवाचुङ–जायाजुम संरक्षण समिति लगायतले चासो...
दश स्थानीय तह रहेको खोटाङ जिल्लामा निजी आवास पुनःनिर्माणको काम ७५.०८ प्रतिशत मात्र सम्पन्न भएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबार खोटाङको दिक्तेल बजारमा आयोजना गरेको निजी आवास पुनःनिर्माणसम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रममा प्राधिकरणले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
विसं २०७२ वैशाख...
खोटाङ । खोटाङमा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर जनप्रतिनिधिहरुको जिल्लास्तरीय भेला भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा बहुमतबाट निर्वाचित अर्का अध्यक्ष माधव नेपाल पक्षधरहरुको सहभागिता नरहेको जनप्रतिनिधीहरुको भेलाले पार्टी विखण्डनका विरुद्धमा उभिने उदघोष गरेको छ ।
ओली निकट जिल्लास्तरीय जनप्रतिनिधीहरुको भेलाले खोटाङको पार्टीलाई जनस्तरसम्म सशक्त रूपमा...
खोटाङ माघ–१०, व्यवसायिक कृषिलाई बढावा दिन योगदान पु¥याउने खोटाङका युवा कृषक तथा जनप्रतिनिधि गंगा विकले उच्च (हाईटेक)प्रबिधि अपनाई कृषि व्यवसाय सुरु गर्नुभएको छ । १७ बर्ष अघिदेखि टनेलभित्र गोलभेँडा उत्पादन गर्दै डोकोमार्फत दिक्तेलवजार पु¥याई कृषिमा ब्यवसायिकता खोज्न सुरु गर्नुभएको विकले करिव ४५ लाख रुपैंयाँ लागतमा हाईटेक प्रविधि अपनाउनुभएको हो...
खोटाङ माघ–७, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित नौं वडाहरुमा निर्माण सम्पन्न गर्ने म्याद सकिँदा समेत कार्यालय भवन निर्माणले गति लिन सकेको छैन । नगरपालिकाभित्र निर्माण गरिने भनिएको ११ वटा सुविधा सम्पन्न भवनमध्ये दुई वटा मात्र निर्माण सम्पन्न भएको छ ।
आफ्नै पक्की भवनवाट कार्यालय सञ्चालन गर्ने उदेश्यका साथ नगरपालिकाले २०७७...
खोटाङ, ६ माघ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा कालोपत्रेको काम धमाधम अघि बढेको छ । उक्त सडक खण्डको दोर्पाचिरीडाँडास्थित बुवालुङमा कालोपत्रे गर्न ग्राभेल थालिएको छ ।
छिमेकी जिल्ला भोजपुर हुँदै किमाथाङ्का जोड्ने उक्त सडक कालोपत्रेको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको हो । विभिन्न ठाउँमा कालोपत्रेका लागि...
जन्तेढुङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको छ । उमेरका कारण स्वास्थ्य संस्थासम्म जान नसक्ने ती नागरिकलाई गाउँपालिकामा कार्यरत अहेव र अनमीमार्फत घरैमा पुगेर स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको हो ।
वडा नं ४ डम्बर्खुशिवालयबाट शुरुआत गरिएको गाउँपालिकास्तरीय स्वास्थ्य सेवा परामर्श सबै वडामा पु¥याइने गाउँपालिकाका शाखा...