खोटाङ माघ–१०, व्यवसायिक कृषिलाई बढावा दिन योगदान पु¥याउने खोटाङका युवा कृषक तथा जनप्रतिनिधि गंगा विकले उच्च (हाईटेक)प्रबिधि अपनाई कृषि व्यवसाय सुरु गर्नुभएको छ । १७ बर्ष अघिदेखि टनेलभित्र गोलभेँडा उत्पादन गर्दै डोकोमार्फत दिक्तेलवजार पु¥याई कृषिमा ब्यवसायिकता खोज्न सुरु गर्नुभएको विकले करिव ४५ लाख रुपैंयाँ लागतमा हाईटेक प्रविधि अपनाउनुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिका सदस्य समेत रहनुभएको दिक्तेल सोल्माका विकले कृषि व्यवसायलाई क्रमशः बृद्दि र विकास गर्दै हाईटेक प्रविधिसम्म ल्याईपु¥याउनुभएको हो । स्कुल उमेरदेखि नै कृषि क्षेत्रबाटै उन्नति गर्न सकिन्छ भन्ने मानसिकता र चासो बढेका कारण सोही क्षेत्रलाई निरन्तरता दिएको बिकको भनाई छ । उहाँले २०७४ मा ‘खोटाङ कृषि फर्म’ दर्ता गरी कृषि क्षेत्रलाई बृहत बनाउनुभएको छ ।

तरकारीजन्य कृषिमा बढी लगाव राख्नुहुने विकले कृषि ज्ञान केन्द्र खोटाङको ३२ लाख रुपैंयाँ अनुदानसहित ४२ लाख रुपैंयाँ लागतमा उक्त प्रविधि सुरु गर्नुभएको हो ।

यो प्रबिधि अपनाईसकेपछि ४ जनालाई छुट्टै रोजगारी हुने र मासिक करिव डेढ लाख रुपैंयाँसम्म आम्दानी गर्ने उहाँको योजना छ ।