9.1 C
Kathmandu
Saturday, January 11, 2025

समाचार

hot news, khotang news

खोटाङ  भदौ–१०, कोरोना सङ्क्रमण रोकथाम तथा न्युनिकरणका लागि १० दिन अघिदेखि बन्दाबन्दी गरिएको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र केही खुकुलो पारिएको छ । दैनिकजसो कोरोना सङ्क्रमण दर बढ्दै गएपछि भदौ १ गतेदेखि बन्द गरिएको नगरपालिका क्षेत्रा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने गरी शुक्रबारदेखि केही खुल्ला बनाउने निर्णय भएको हो । स्वास्थ्य...
खोटाङ भदौ–७,  नेवार समुदायले धुमधाम मनाउने गाईजात्रा खोटाङमा यो बर्ष पनि औपचारिकतामै सिमित गर्नुपरेको छ । गत बर्ष कोरोनाको कारण भव्य बनाउन नसकेको जिल्लाका नेवार समुदायले यो बर्ष पनि कोरोनाकै कारण घरभित्रै मनाउन बाध्य बनेका हुन् । नेवार समुदायको बाक्लो बसोबास रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अनियन्त्रित रुपले कोरोना फैलिएको...
खोटाङ २ भदौ । नेकपा माओवादी केन्द्र हलेसी तुवाचुङ नगर कमिटीले पार्टीलाई स्थानीय सरकारले खेलमैदान विकास विरोधी भनेर आरोप तथा लान्छना लगाएको जनाएकाे छ । नगर पार्टी इन्चार्ज हस्तबहादुर राई (आमोद) ले एक विज्ञप्ति निकालेर ऐतिहासिक, साँस्कृतिक पुरातात्विक होलेसुङ गढी क्षेत्रभित्र खेलमैदान निर्माण गर्ने बहानामा धार्मिक, साँस्कृतिक, ऐतिहासिक, सामाजिक महत्व...
खोटाङ, २ भदाै । बेपत्ता भएको चार दिनपछि खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा ढुंगेका ३५ वर्षीय दविन्द्र राईको शव खोलामा भेटिएको छ । गत साउन ३० गतेदेखि सम्पर्क बिहिन बनेका राई बुधबार दोर्पाचिउरीडाँडाकै चम्पापुछारस्थित साप्सु खोला किनारमा मृत फेला परेका हुन् । विगत ३/४ बर्ष देखि मानसिक सन्तुलन...
खोटाङ साउन–३०, कोरोना सङ्क्रमण रोकथाम तथा न्युनिकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्र १० दिनको लागि पूर्ण रुपमा बन्द गरिने भएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा सङ्क्रमण दर बढ्दै गएपछि भदौ १ गतेदेखि नगरपालिका कडाईका साथ बन्द गर्ने निर्णय भएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा...
खोटाङ साउन–२८,  खोटाङस्थित प्रमुख ब्यापारिक केन्द्र दिक्तेलबजारको कच्ची सडकमा दोश्रो चरणको ढलान कार्य अघि बढाईएको छ । गत बर्ष ढलान गर्न बाँकी रहेका सिचाईँ गेटदेखि नेपाल टेलिकमसम्म ७ सय ६४ घनमिटर सडक ढलान र ४ सय ५३ घनमिटर ग्याभिङ वालको कार्य अघि बढाईएको हो । कोरोना महामारीकै समयमा स्वास्थ्य सुरक्षा...
खोटाङ साउन–२८, निर्माण कम्पनीको ढिलासुस्तीले मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङस्थित पङ्खु खोलाको मोटरेबल पुल निर्माण कार्य अलपत्र परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाईको पुल तीन वर्र्षदेखि अलपत्र परेको हो । २०७५ असार मसान्तमै निर्माण सम्पन्न भइसक्नुपर्ने पङखुखोला पुलको हालसम्म दुई किनारामा पिलर ठड्याउने...
खोटाङ साउन–२५, हङकङमा रहेका खोटाङका नागरिकहरुले जन्मभूमिको लागि ९ लाख बढीको स्वास्थ्य समाग्री उपलब्ध गराएको छ । कोराना महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउनका लागि समाजले जिल्लाका लागि ९ लाख ५२ हजार ५६ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको हो । खोटाङ समाज हङकङले २ लाख, समाजका पूर्व अध्यक्ष टिका...
खोटाङ साउन–२४, खोटाङमा बजार क्षेत्रका घर–घरमा सचेतना फैलाउँदै पनि नेपाल मास्क अभियान सुरु गरिएको छ । सरकारले कोरोना संक्रमणको रोकथामका लागि मास्कको महत्व तथा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले सुरु गरेको अभियानमा जिल्लाका सरोकारवालाहरु सरिक भएका हुन् । अभियान अन्र्तगत आईतबार जिल्लाका प्रमुख ब्यापारिक केन्द्र दिक्तेलबजारका सर्वसाधारण लगायतलाई मास्क...
खोटाङ साउन–१९,  खोटाङस्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याईएको छ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक खण्डमा साप्सुखोलामा निर्माण गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पक्की पुल सोमबारदेखि सञ्चालनमा ल्याइएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिपु्रङ चुइचुम्मा गाउँपालिका जोड्ने सडक खण्डमा अवस्थित साप्सुखोलामा पाँच करोड ६० लाख दश...