खोटाङ २ भदौ । नेकपा माओवादी केन्द्र हलेसी तुवाचुङ नगर कमिटीले पार्टीलाई स्थानीय सरकारले खेलमैदान विकास विरोधी भनेर आरोप तथा लान्छना लगाएको जनाएकाे छ ।

नगर पार्टी इन्चार्ज हस्तबहादुर राई (आमोद) ले एक विज्ञप्ति निकालेर ऐतिहासिक, साँस्कृतिक पुरातात्विक होलेसुङ गढी क्षेत्रभित्र खेलमैदान निर्माण गर्ने बहानामा धार्मिक, साँस्कृतिक, ऐतिहासिक, सामाजिक महत्व बोकेको क्षेत्रलाई ध्वस्त बनाउन बाहेक अरु कुनै काम नभएको स्पष्ट पारेका छन् । हलेसी तुवाचुङ ५ दुर्छिमको कोटडाडा किरात राई जातिको मुन्धुमी नुछुङ्ग (धामिको) अनुसार हाम्रो आदिम पुर्खा तयामा/खियामा दिदि/बहिनी सायाकु र कोटडाडा अध्ययन गर्ने र सिप सिक्ने भन्ने किमदन्ती छ । सन्सार भरिको यस महत्वपुर्ण ऐतिहासिक पर्यावरणिय बोकेको किरात सम्पदालाईइ नस्ट गर्नु उपयुक्त नभै सरक्षण गर्नु आजको आवश्यकता हो प्रेस विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमार्फत खेलमैदान र खेलाडीहरुप्रति कुनै खालको प्रतिशोध नराखी यस भन्दा बाहेक अन्य ठाउँमा खेलमैदान निर्माण गर्नको निमित्त र खेलाडीहरुलाई अरु भौतिक नैतिक र आर्थिक रुपले प्रोत्साहित गर्ने प्रतिवद्धता जनाइएको छ ।खोटाङको हलेसी तुवाचुङ ५ स्थित कोट्गैरामा बन्न लागेको खेल मैदान माओवादीको अवरोध भनेर स्थानिय संचारमाध्यमहरुले भ्रम फैलाएको भन्दै पार्टीले ध्यानाकर्षण भएको समते जनाएको छ ।