
खोटाङ, २ भदाै । बेपत्ता भएको चार दिनपछि खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा ढुंगेका ३५ वर्षीय दविन्द्र राईको शव खोलामा भेटिएको छ ।
गत साउन ३० गतेदेखि सम्पर्क बिहिन बनेका राई बुधबार दोर्पाचिउरीडाँडाकै चम्पापुछारस्थित साप्सु खोला किनारमा मृत फेला परेका हुन् । विगत ३/४ बर्ष देखि मानसिक सन्तुलन गुमाएका राईको भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ । धामीझाँक्रीको काम गर्ने राईले जाँडरक्सी खाएको बेला मानसिक सन्तुलन गुमाउने गरेको जनाइएको छ ।