साउदी अरबमा गाडीको ठक्करबाट खोटाङका रामनाथ राईको मृत्यु भएको छ ।

खोटाङ जिल्लाको खार्मी गाविस वार्ड नम्बर–९ का राईलाई उनले कमा गर्ने कम्पनी अलहेडको गाडीले ठक्कर दिदा उनको मृत्यु भएको हो ।

नौ वर्षदेखि अरबमा काम गरिरहेका राई यही वर्ष घर आउने तयारीमा रहेका थिए । राई अरब गएदेखि एकपटक मात्र घर आएका थिए ।

राईलाई ठक्कर दिने बसका चालक भारतीय नागरिक पक्राउ परेका छन् । साउदीको दम्माम सहरको सडक छेउमा विजुलीको खम्बा गाड्ने क्रममा उनलाई बसले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको  हो ।