काठमाडौं । विशेष अदालतले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुडलाई दोषी ठहर गरेको छ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई दोषी ठहर गरेको हो ।
अदालतले उनलाई दुई वर्ष कैद सजाय हुने फैसला सुनाएको छ। साथै बिगोबमोजिम ८० लाख ४८ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ। साथै उनले लिएको जग्गा जफत हुने फैसला गरेको छ ।
अदालतले २ जना पूर्व सचिवहरुलाई पनि दोषी ठहर गरेको छ । अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई दोषी ठहर गरेको हो। अदालतले उनीहरुलाई नक्कली मोही खडा गरेकोले दोषी ठहर गरेको जनाएको छ । उनीहरुलाई दुई वर्ष कैद, ८० लाख जरिवाना र बिगो असुल गर्ने फैसला गरेको छ ।