काठमाडाैं । काठमाडाैंकाे बबरमहलस्थित आर्ट काउन्सिलमा मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी सुरू भएकाे छ ।

दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिकाकाे आयाेजनामा सुरू भएकाे प्रदर्शनीकाे राष्ट्रपति रामचन्द्र पाैडेलले उदघाटन गरेका छन् । प्रदशर्नी आगामी १७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनीमा ५० देशका २ सय बढी चित्रकलाहरू राखिएका छन् । प्रदर्शनीमा राखिएका चित्रहरू प्रदर्शनीपछि दिक्तेलमा सङ्ग्रालयमा राखिने नगरपालिकाका मेयर तिर्थराज भट्टराईले जानकारी गराएका छन् ।

गत असोज १७ देखि २१ गते १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराई स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि १०९ वटा जिवन्त चित्रहरु कोरिएको थियो ।