असार ८ – वैदेशिक रोजगारका लागि कतार पुगेका खोटाङका एक जनाको हृदयघातका कारण मृत्यु भएको छ ।

वैदेशिक रोजगारीका लागि एक बर्षअघि कतार पुगेका खोटाङ बतासे–३ का ३० बर्षका कबिन राईको हृदयघातका कारण मृत्यु भएको हो ।

 वुधवार कतारको रैयानस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा हृदयघातका कारण मृत्यु भएको राईसँगै बस्ने चन्द्रसेर राईले टेलिफोन मार्फत उनको मृत्युको खबर दिएका हुन् ।

 कतारको हमादस्थित अस्पतालमा राखिएको राईको शब परराष्ट्र मन्त्रालय मार्फत नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ ।

बिदेश जाँदा लिएको ऋण नतिरी राईको मृत्यु भएपछि परिवारलाई ऋण तिर्ने चिन्ता परेको मृतकका परिवारजनले आफ्नो पीडा सुनाएका छन् ।

गएको बैसाख यता वैदेशिक रोजगारीको सिलसिलामा बिदेश पुगेका खोटाङका तीन जनाको उतै मृत्यु भइसकेको छ ।