Out of News Photo
हाम्रो हार्दिक अपिल – तपाईको सानोतिनो सहयोगले कसैको जीवन बाँच्छ भने तपाई किन सहयोग गर्नुहुन्न नि त ? जुन तपाईको सहयोगले कसैको जिवन बाँच्दैछ त्यसैले सहयोगको हात चाँडो अघि बढाउनुस् ।

जहाँ अहिले काठमाडौंस्थित कान्ति बाल अस्पतालमा ब्लड क्यान्सर रोगसँग लडिरहेकी एक बालिकाले तपाईको सहयोग खोजिरहेकी छन् । उनले मेरो ज्यान बचाई देउ भनी हात फैलाई रहेकी छन् ।

खोटाङ जिल्ला मात्तिम गाउँ विकास समिति बिर्ता-१ छिप्ती वर्ष ४ की समिता कार्की यतिबेला ब्लड क्यान्सरका कारण कान्तिबाल अस्पतालमा डेढ महिनादेखि उपचाररत् रहेकी हुन् ।  उनको उपचार सम्पन्न गर्नको लागि डाक्टरले लगभग ८ लाख रुपैयाँ भए सम्भव हुने बताएका छन् ।

समिताकी आमा गीता कार्कीले हामीलाई जनाए अनुसार उनको उपचार सम्पन्न गर्न त्यति रकम लाग्ने डाक्टरले बताएका हुन् । उनीहरु अहिले डेढ महिनादेखि अस्पतालमै छन् ।
समिता कहिले डिस्चार्ज हुन्छिन् भन्नेसम्म टुंगो लागेको छैन । उनी अस्पतालबाट डिस्चार्ज भएपछि पनि नियमित रुपमा २ वर्ष अस्पताल जानुपर्ने डाक्टरहरुले सुझाव दिएका छन् ।
सरिताकी आमाले डिस्चार्ज भएपछि अस्पताल नजिकै डेरा लिएर छोरीको उपचार गर्ने जानकारी दिइन् ।
उनको आर्थिक अवस्था कमजोर भएकाले हामी तपाई सम्पूर्णलाई समिता आफ्नै छोरी हो भन्ने सम्झेर चाँडो भन्दा चाँडो सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौँ । 
सहयोगका लागि सम्पर्क ठेगाना :
गीता कार्की (समिताकी ममी)
सम्पर्क नम्बर : ९८४२९०६९४१
        
          टेनिस रोका
   हाम्रो खोटाङ डटकम
  सम्पर्क : ९८४१९८३११२/9841983112
इमेलः [email protected]
कृपया बैंक AC नम्बरका लागि इमेल तथा सम्पर्क गर्न अनुरोध गरिन्छ ।  
(Note: हाम्रो खोटाङ डटकममार्फत सहयोग गर्नुहुने सहयोगदाताहरुको नाम हामी फेसबुक पेज तथा यही साइटमा समेत राख्नेछौँ । )