खोटाङका लागि निकासा भएको सरकारी अनुदानको मल र त्यसमा संलग्नलाई प्रहरीले आइतबार सिन्धुलीमाढीमा पक्राउ गरेको छ । वीरगंज कृषि सामग्री कम्पनी लिमिटेडबाट खोटाङ कृषि विकास कार्यालयको नाममा चलान भएको अनुदानको मल तस्करी गिरोहमार्फत सिन्धुली आइपुगेको प्रहरीले जनाएको छ ।

अबैध रुपमा सिन्धुली भित्रिएको ३६० टन यूरीया मल प्रहरीले कमलामाइ नगरपालिका ६ को धुराबजारमा रहेको जयबुद्ध कोल्ड स्टोर्स तथा जय चन्द्रमा मलखाद पसलबाट बरामद गरेको हो ।

प्रहरीले अबैधरुपमा मल भित्राउने खोटाङ दिक्तेलका सरस्वती निर्माण सेवा प्रतिनिधि डोरमणी पौडेल, उदयपुर त्रियूगा नगरपालिकाका दुर्गानन्द चौधरी, चालक महोत्तरी वर्दिवासका दुर्गा ठकुरी र यहाँका जय चन्द्रमा मलखाद पसलका व्यापारी जयमान तामाङलाइ पक्राउ गरेको हो ।

चारैजनालाई कालोबजार तथा केही सामाजिक अपराध अन्तर्गत १५ दिनको म्याद लिइ प्रहरीले हिरासदमा राखेको छ । अबैधरुपमा सरकारी अनुदानको मल सरस्वती निर्माण सेवाका प्रतिनिधि पौडेलले वीरगंजबाटै त्रियूगाका चौधरीलाइ क्रिी गरेको र चौधरीले यहाँका व्यापारी तामाङलाइ विक्री गरेको खुल्न आएको प्रहरीको प्रारम्भिक छानविनमा खुलेको छ ।

तीनसय ५० बोरा उक्त मल ९ सयमा खरिद भएको र ढुवानीका लागि ९सय सरकारले बेहोरेको कागजात अनुसार देखिने समेत प्रहरीले जनाएको छ । ना ४ ख ५९७८ नं ट्रकबाट यूरिया मल रातारात सिन्धुलीमाढी भित्रिएको थियो । मल नपाएर हाहाकार भएको समयमा उक्त मल कालाबजारी गरि प्रतिबोरा तीनहजार भन्दा बढि विक्रीमा गर्ने गरेको कृषकहरुले बताएका छन् ।

उपभोक्ता मञ्चका अध्यक्ष अच्यूतम ढकालका अनुसार तस्करी गरि उपभोक्ता ठग्ने गिरोह केही दिनदेखि जिल्लामा सक्रिय भएका छन् । चोरबाटोबाट सिन्धुली हुादै रामेछाप समेत मल लाने गरिएको समेत उनले बताए । केही दिन अघि चामल बोकेको ट्रकमा एकसय ५० बोरा रासायनिक अबैध मल प्रहरीले रामेछाप लैजादै गर्दा झागाझोली रातमाटा गाविसमा पक्राउ गरेको थियो । सौजन्य: कान्तिपुर