खोटाङ, रासस – दादुराविरुद्धको खोप लगाएपछि खोटाङमा तीन बालबालिका बिरामी परेका छन् ।

यही भदौ १२ गते दादुराको खोप लगाएपछि दोर्पा चिउरीडाँडाका तीन बालबालिका बिरामी परेका हुन् । दादुराविरुद्धको खोप लगाएको दुई घण्टापछि ती बालबालिकामा ज्वरो आएको, शरीरमा फोका उठी पाक्न थालेको दोर्पा चिउरीडाँडा–८ का देवी विश्वकर्माले बताउनुभयो ।

उहाँले दादुराको खोप लगाएपछि बिरामी परेका आफ्नो नौं महिने सन्तानको बिहीबारदेखि सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार गराइरहनुभएको छ ।

अन्य दुई बालबच्चाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ ।