पुष – २७, खोटाङका मानव अधिकारकर्मी एबं पत्रकारहरुले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तलाई जोगाउन खोज्ने प्रधानमन्त्रीले माफी माग्नु पर्ने माग गरेका छन् ।
इन्सेक, मानव अधिकार एलायन्स, महिला मानव अधिकार रक्षक सञ्जाल लगायतका मानव अधिकार संगठन एबं पत्रकारले बिहिबार जिल्ला प्रशासन कार्यालय मार्फत बिहिबार ज्ञापनपत्र बुझाउँदै हत्यारालाई बचाउ गर्ने प्रधानमन्त्रीले राष्ट्रसमक्ष माफी माग्नु पर्ने माग गरेका हुन् । मंगलबार प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दिएको अभिव्यक्तीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मानव अधिकारकर्मी एबं पत्रकारहरुले प्रधानमन्त्रीको माफी माग गरेको बताएका छन् । 
अधिकारकर्मी एबं पत्रकारहरुले लोकतन्त्र, मानवअधिकार र विधिको शासन बिपरित दिएको अभिव्यक्ती तत्काल फिर्ता लिन र मुलुकभरका पत्रकार एबं मानव अधिकारकर्मीहरुको सुरक्षाको सुनिश्चीत गर्न पनि माग गरेका छन् । स्वतन्त्र न्यायीक सम्पादनमा अवरोध सिर्जना गरी अभियुक्तलाई संरक्षण गर्न खोजेर प्रधानमन्त्रीले अर्को अपराध गरेको मानव अधिकारकर्मी तथा पत्रकारहरुको आरोप छ । 
‘बलात्कार, अपहरण, चन्दा अशुली र भ्रष्टाचार मौलाइरहेको संक्रमणकालीन अवस्थालाई प्रश्रय दिनेगरी देशको सर्वाेच्च निकायमा आसिन व्यक्तिबाट आएको अभिव्यक्तिप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं ।’–संयुक्त ज्ञापनपत्रमा भनिएको छ । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले ज्ञापनपत्रलाई सम्बन्धीत निकायसम्म पु¥याउने प्रतिबद्धता जनाउनु भयो ।