पुस–२८, खोटाङको दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सेवा प्रबाह गर्दै खोटाङबजारमा आयोजना गरिएको एकीकृत घुम्ती शिबिर सम्पन्न भएको छ । दक्षिणी क्षेत्रका २१ गबिसका सर्वसाधारणलाई गाउँमै सेवा पु¥याउने उद्धेश्यकासाथ जिल्लाका सरकारी कार्यालयहरुले संयुक्तरुपमा सञ्चालन गरेको चार दिने एकीकृत घुम्ती शिबिर शुक्रबार सम्पन्न भएको हो । 
ईलाका प्रशासन कार्यालय खोटाङबजार अन्तर्गतका गाबिसका नागरिकको सेवाकालागि सञ्चालन गरिएको शिबिरबाट सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र, निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली दर्ता,महिला तथा बालबालिका कार्यालयबाट अपांगता परिचयपत्रका साथै ज्येष्ठ नागरिक सेवा, मालपोत कार्यालयबाट नामसारी, सनाखत तथा डोर पास लगायतका सेवा पाएका छन् ।
यस्तै, उनीहरुले जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्य परिक्षणकासाथै निशुल्क औषधि, आयुर्बेद कार्यालयबाट पनि स्वास्थ्य परिक्षण र औषधि, कृषि बिकास कार्यालयबाट निशुल्क बीउ लगायतका सेवा पाएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनु भयो ।