माघ – ५,  स्थानीय डन समूहले खोटाङको महुरे–फोक्सिङटार सडक निर्माणमा संलग्न कामदारबाट ७ लाख रकम उठाएर लगेका छन् ।
डन समूहले सो सडकखण्ड अन्तर्गत बतासे गाविसको भँडारेघाटमा काम गरिरहेका १ सय २० जना कामदारको  आफ्नै हातबाट रकम  उठाएर लगेको निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ ।
मंगलबार दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकबाट १ करोड २९ लाख रुपैयाँ रकम निकासा गरेलगत्तै भँडारेघाटसम्म पछ्याएको डन समूहले घेराबन्दीमा पारेर कामदारको रकम लिएको उपभोक्ता समितिका एक सदस्यले बताएका हुन् । उहाका अनुसार डनले उपभोक्ता समितिलाई मङ्गलबारदेखि बिहीबार बिहानसम्म घेराबन्दीमा पारेर रकम लिएका हुन् । उपभोक्ता समितिका अध्यक्ष लालबहादुर राई सम्पर्क बाहिर छन् ।
स्वीस सरकार र नेपाल सरकारको लगानीमा निर्माणाधीन सडकमा काम गर्ने एक हजार ४० जना कामदारमध्ये १ सय २० जनाले ज्याला नपाएको जानकारी आएपछि बिहीबार जिल्ला विकास समितिले उपभोक्ता समितिलाई कारण देखाऊ पत्र पठाएको छ ।