माघ – ९, बाकाचोल गाबिसमा पहिलोपल्ट ४ सय ९६ घरमा बिजुली बलेको छ । सिन्दुरे ढुंगा लिदिङ खोला लघु जलबिद्युत आयोजनाबाट बिजुली उत्पादन भएको हो ।
स्थानीय लिदिङ खोलाबाट ७० किलोवाट क्षमताको बिद्युत उत्पादन भएपछि गाउँ विकास समितिका ४ सय ९६ घरमा बिजुली बत्ती बलेको छ ।
दुई करोड ८७ लाख ९५ हजार ५२४ रुपैयाँको लागतमा ७० किलोवाट क्षमताको बिद्युत उत्पादन भएको लघुजलबिद्युत आयोजना सरोकार समितिका सचिव ज्ञानेन्द्रकुमार राईले बताउनुभयो ।         
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको एक करोड ८० हजार,  गाबिसको ६३ लाख ४३ हजार ३ समुदायको सेयरवापत ६२ लाख ८१ हजार, इको हिमालको ६ लाख, लोक नेपालको दुई लाख ७२ हजार, स्थानीय संघसंस्थाको ६ लाख २२ हजार र समुदायको ९ लाख ५० हजार रुपैयाँ बराबरको श्रमदानबाट बिजुली उत्पादन गरिएको हो ।