माघ–१०, नेपाल विद्यार्थी संघ खोटाङका जिल्ला सदस्य सहित दुई दर्जनबढी विद्यार्थी नेता तथा कार्यकर्ता संघीय समाजवादी पार्टीमा प्रवेश गरेको छ ।
आफ्नो पार्टीले पहिचान सहितको संघीयता तथा संघीयता सहितको संविधान स्वीकार नगरेको भन्दै जिल्ला सदस्य असोक राई सहित २८ जना विद्यार्थी नेता तथा कार्यकर्ता संघीय समाजवादी पार्टीमा प्रवेश गरेको हिजो एक विज्ञप्ती मार्फत जनाएका छन् ।
पार्टीमा रहेर आफूहरुले गरेको योगदान तथा त्यागलाई काग्रेसले मूल्याङ्कन नगरेको आरोप लगाउँद,ै काग्रेसले संघीयताको मुद्दालाई स्वीकार नगरेका कारण हजारौं जनताको बलिदानीबाट प्राप्त संविधानसभा संविधान नै नबनाइ विघटन भएको स्मरण गर्दै आजैबाट संघीय समाजवादी पार्टीको विभिन्न पदमा बसेर काम गर्न थालेका छौं, विज्ञप्तीमा भनिएको छ ।
उनीहरुले आफूहरु समाजवादी पार्टीमा रहेर पछाडि पारिएका आदिवासी जनजाती, महिला, दलित, अल्पसंख्यक तथा भौगोलिक क्षेत्रका आधारमा पछाडी परेका जनताको पक्षमा लड्ने विज्ञप्तीमार्फत प्रतिवद्धता जनाएका छन् । वुद्धिवोल राईले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा भनिएको छ, नेपाली काग्रेस र नेकपा एमालेले संघीयता कुनै पनि हालतमा स्वीकार नगर्ने भएकाले नेपाली जनताको भविष्य अन्यौलमा परेको छ ।