माघ–१२, मलेसियामा सडक दुर्घटनामा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ। खोटाङ जिल्ला राजापानी गाविस वडा न-७ डेराखानी घर भएका कमलकुमार राईको बिहीवार सडक दुर्घटनामा मृत्यु भएको हो ।

मलेसियाको जोहोरबारुको पासिरगुडाङमा रहेको हृवाइटहर्स कम्पनीमा कार्यरत राई साँझपख तरकारी बजारबाट फर्कने क्रममा कामदार ओसारपसार गर्ने बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राई दुईवर्ष अगाडि मात्रै रोजगारीको सिलसिलामा मलेसिया आएका थिए ।