माघ–१९, सरकार विरोधी नेपाली काग्रेस, नेकपा एमाले र राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीले खोटाङमा पनि आन्दोलनलाई थप सशक्त पार्ने तयारी गरेको छ । 
नेपाली काग्रेसको पार्टी कार्यालयमा आन्दोलनकारीहरुको संयुक्त बैठकले आगामी माघ २५ र २६ गतेका लागि आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । 
वर्तमान सरकारलार्ई १२ बजाउने भन्दै माघ २५ गते सदरमुकाम दिक्तेलको त्रिबेणीचोकमा मध्यान्ह १२ बजेर १२ मिनेटमा जिल्लाका श्रष्टा सर्जकहरुले आ–आफ्नो दावव मूलक साहित्य सिर्जना प्रस्तुत गर्ने र माघ २६ गते प्रमुख जिल्ला अधिकारीलाई जिल्ला प्रशासन कार्यालयमा प्रबेश निषेध गर्ने निर्णय गरिएको बैठकमा सहभागी नेकपा एमालेका सचिव राजन राईले जानकारी दिनुभयो । 
यसका लागि तीनवटै दलका शीर्ष नेताहरु  चक्रिय प्रणाली अन्तरगत संयोजक रहने र भातृ संघसंगठनका प्रतिनिधिहरु सदस्य रहने एमाले सचिव राईको भनाइ छ ।