माघ–२४, नेपाल ग्रामिण पहुँच कार्यक्रम र्यापले सदरमुकाम दिक्तेलको अल्छेढुंगादेखि अस्पताल र अस्पतालदेखि खानीडाँडा बिमानस्थल जोड्ने सडक ग्राभेलिङ गर्ने भएको छ ।
आगामी जेठसम्ममा ८ किलोमिटर लामो अस्पताल–खानीडाँडा बिमानस्थल र २ किलोमिटर लामो अल्छेढुंगा–अस्पताल सडक खण्ड ग्राभेलिङ गरिने नेपाल ग्रामिण पहुँच कार्यक्रम र्यापले जनाएको छ । दुबै सडक खण्ड ग्राभेलिङकालागि टेण्डर भइसकेको छ ।