माघ–२५, खम्बुवान राष्ट्रिय मोर्चा (खरामो) नेपाल खोटाङको जिल्ला कार्यसमिति पुर्नगठन भएको छ । 
मोर्चाका जिल्ला अध्यक्ष पिके खम्बु संघीय समाजवादी पार्टीमा प्रवेश गरेपछि केन्द्रीय सदस्य मेघराज खम्बुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समितिको पुर्नगठन भएको हो ।
पुर्नगठित समितिको उपाध्यक्षमा तुलसी खम्बु, सचिव माधव राई, सहसचिवमा गुणराज खम्बु र कोषाध्यक्षमा अरुण खम्बु रहनुभएको छ । 
जिल्ला कार्य समितिका अध्यक्षसहित मोर्चाका केही नेता तथा कार्यकताहरु संघीय समाजवादी पार्टीमा प्रवेश गरेपछि आफूहरुले जिल्ला कार्य समिति पुर्नगठन गरेको मोर्चाले जनाएको छ । 
व्यक्तिगत स्वार्थका लागि आफ्नो पार्टीका केही नेता तथा कार्यकर्ताहरु संघीय समाजवादी पार्टीमा प्रवेश गरेपनि आफ्नो पार्टीलाई कुनै क्षति नपुग्ने मोर्चाका केन्द्रीय सदस्य तथा पुर्नगठित जिल्ला कार्य समितिका अध्यक्ष खम्बुले दावी गर्नुभयो । 
पुर्नगठित समितिको नामवली सार्वजनिक गर्न सदरमुकाम दिक्तेलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खम्बुले केही समय पार्टी छाडेपनि अन्ततः आफ्नै पार्टीमा आउने बताउनुभयो । 
पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खम्बुले असोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टी जातीय पार्टी भएकाले पिछडिएका जनताको मुद्दालाई सम्बोधन गर्न नसक्ने बताउनुभयोे ।