माघ–२८, नेपाल शिक्षक संघ खोटाङको सातौं जिल्ला अधिवेशनबाट शिवहरि ढकाल ८६ मतको फराकिलो मतान्तरले निर्वाचित हुनुभएको छ । 
संघको सातौं जिल्ला अधिबेशनमा सहमतीबाट नेतृत्व चयन हुन नसकेपछि भएको निर्वाचनमा कृष्णप्रसाद घिमिरेलाई पछि पार्दै ढकालले १ सय १६ मत प्राप्त गर्नुभएको छ । उँहाको प्रतिद्धन्दी घिमिरेले ३० मत प्राप्त गर्नुभएको छ भने, अर्का प्रतिद्धन्दी यजुमान राईले १३ मत मात्र प्राप्त गर्नुभएको छ ।
सदरमुकाम दिक्तेलस्थित सरस्वती उच्च माविको सभाहलमा भएको निर्वाचनमा प्रतिष्पर्धा भएको सचिव पदमा ८० मत प्राप्त गर्दै महाप्रसाद आचार्य संघको आठौं कार्यकालका लागि निर्वाचित हुनुभएको छ । कडा प्रष्पिर्धा भएको निर्वाचनमा उहाँका प्रतिद्धन्दी ज्ञानेन्द्रकुमार राईले ७७ मत प्राप्त गर्नुभएको छ । 
निर्वाचनमा संघका १ सय ६० प्रतिनिधिले मतदान गरेका थिए ।
संघको अन्य पदाधिकारीहरु भने, सहमतिमा चयन गरिएको संघले जनाएको छ । संघको सातौं जिल्ला अधिबेशनले सहसचिवमा भगवती निरौला र राजन खड्का तथा कोषाध्यक्षमा यादवप्रसाद खतिवडा चयन हुनुभएको छ ।
संघको सातौं जिल्ला अधिबेशन पूर्व अध्यक्ष राजनशेर राईको सभापतित्व तथा केन्द्रीय सदस्य गोकर्ण बानियाँको प्रमुख आतिथ्यमा शुक्रबार उद्घाटन भएको थियो ।