फागुन–४, उचित व्यवस्थापनको अभावमा अस्तव्यस्त रहेको खोटाङको सदरमुकाम दिक्तेलस्थित हाटडाँडा व्यवस्थापन तथा स्तरोन्नतीको काम थालिएको छ । 

नेपाल ग्रामिण पहुँच कार्यक्रम र्यापको आर्थिक सहयोगमा साप्ताहिकरुपमा हाट लाग्ने हाटडाँडा स्तरोन्नतीको काम थालिएको हो । बिहिबार हाटडाँडामा आयोजना गरिएको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले हाटडाँडा स्तरोन्नती कामको शिलान्यास गर्नुभएको छ । 
उचित व्यवस्थापनको अभाव झेलीरहेको दिक्तेलको हाटडाँडामा ७० लाखको आर्थिक लगानीमा स्तरोन्नती गरिने नेपाल ग्रामिण पहुँच कार्यक्रम ¥यापका खोटाङ प्रमुख दशरथ मोक्तानले बताउनुभयो । 
जिल्लाको अर्थोपार्जन र बिनीमयको प्रमुखस्थल मानिएको हाटबजार अव्यवस्थित भएको भन्दै ¥यापले यसको आवश्यक पुःर्नसंरचना र स्तरोन्नतीको तयारी शुरु गरेको हो । 
आगामी जेठसम्ममा काम सम्पन्न गर्ने ‘गुरु योजना’का साथमा साप्ताहिकरुपमा लाग्ने हाटबजारको पुःर्नसंरचना गर्ने तयारी शुरु गरिएको ¥यापले जनाएको छ । 
नेपाल ग्रामिण पहुँच कार्यक्रम र्यापका अफिस मेनेजर सुनिल श्रेष्ठका अनुशार हाटडाँडामा अव नयाँ पार्क, पक्की छाप्रा, पक्की टहरा, सडक, खानेपानी, ढल, शौचालय, पशु बधशालाको उचित व्यवस्थापन गरिने छ । 
हाटबजारको व्यवस्थापनकालागि यो आवश्यकीय पुर्वाधार निर्माण शुरु मात्र भएकाले यसलाई उपभोक्ता समितिले निरन्तरता दिइरहनु पर्ने ¥यापका प्रमुख मोक्तानको भनाई छ ।
ग्रामिण पहुँच कार्यक्रम र्यापले एकैसाथ सदरमुकाम दिक्तेलको हाटडाँडा र सछितापोखरीको पञ्चमीबजारको पुःर्नसंरचना गर्दै व्यवस्थापन गर्ने तयारी शुरु गरेको छ । उचित व्यवस्थापनको अभाव झेलीरहेका दिक्तेलको हाटडाँडा ७० लाख र पञ्चमीबजार ३० लाखको लागतमा व्यवस्थापन र स्तरोन्नती गरिने ¥यापले जनाएको छ । 
दिक्तेलको हाटडाँडा व्यवस्थापनकालागि सनमान खड्का र पञ्चमीबजार व्यवस्थापनकालागि नन्दराम राईको अध्यक्षतामा हाटबजार व्यवस्थापन समिति गठन गरी काम अघि बढाइएको छ । 
जिल्लाको प्रमुख व्यपारिक केन्द्रकारुपमा रहेको दिक्तेलको हाटडाँडामा प्रतेक हप्ताको बुधबार र शनिबार तथा सछितापोखरीको पञ्चमीमा पत्येक हप्ताको सोमबार हाट लाग्दै आएको छ ।