फागुन–४, टेलिफोन अवरुद्ध भएको महिनौं दिन बितिसक्दा पनि मर्मत नगरिएपछि खोटाङको सदरमुकाम दिक्तेलस्थित मुडे क्षेत्रका उपभोक्ताहरु मर्कामा परेका छन् । 
६ महिनाअघि चट्याङले अवरुद्ध बनाएको टेलिफोन सेवा महिनौं बितिसक्दा समेत टेलिकमले मर्मत नगरेपछि त्यस क्षेत्रका उपभोक्ताहरु मर्कामा परेका हुन् । 
मुडे क्षेत्रका उपभोक्ताहरुले जडान गरेको टेलिफोनको केवल ६ महिनाअघि चट्याङले अवरुद्ध बनाएपनि टेलिकमले मर्मत गर्नमा चासो नदेखाएको उपभोक्ताहरुले गुनासो गरेका छन् । 
टेलिफोन अवरुद्ध भएपछि उतिखेरै आफूहरुले मर्मतका लागि निवेदन दिएपनि टेलिकमले कुनै चासो नदेखाएको स्थानीय जसबहादुर तामाङले बताउनुभयो । 
उता,  एकमहिना भित्रमा अवरुद्ध टेलिफोन सुचारु गराउनका लागि आफूहरुले पहल गरिरहेको नेपाल टेलिकम शाखा खोटाङका प्रमुख बिनोदकुमार ताल्चाबण्डेलले बताउनुभयो । 
त्यस क्षेत्रमा जडित टेलिफोनको केवलमा चट्याङले क्षति पु¥याएकाले क्षेत्रीय कार्यालय बिराटनगरबाट केवल ल्याइँदै गरिएकाले महिना दिनभित्रमा सुचारु गराउन सकिने उहाँको भनाइ छ । 
सदरमुकाम दिक्तेलस्थित मुडे क्षेत्रका करिब दर्जनबढि उपभोक्ताहरुले टेलिकम मार्फत ल्याण्डलाईन टेलिफोन जडान गरेका छन् ।