पहाडबाट तराई झरेसी
लाउन माया युग जाने पिरती
खोटाङ हलेसी,
छुट्नै मन लाग्दैन हौं तिमीलाई भेटेसी
छुट्नै मन लाग्दैन हौं तीमीलाई भेटेसी

ढल्ने छैन कहिल्यै आस्थाको धरहरा

तिमी नै हो मेरो त विश्वासको आधार
पातै हल्लियो बतासै चलेसी
गाउँ नै हल्लियो हामी दुई मिलेसी

मख्खै होलान् दैव नी यो जोडी देखेर
मरे होलान् कोही त आरिसले जलेर
रमाइलो मिलनै भएसी
उज्यालो भो जोर बत्ती बलेसी
खोटाङ हलेसी,
छुट्नै मन लाग्दैन हौं तिमीलाई भेटेसी
छुट्नै मन लाग्दैन हौं तिमीलाई भेटेसी