फागुन–५, वर्षासँगै बढेको अत्याधिक चिसोका कारण माथिल्लो सगरमाथा क्षेत्रको जनजीवन प्रभावित भएको छ । 
शुक्रबार रातीदेखि परेको वर्षापछि बढेको चिसोका कारण माथिल्लो सगरमाथा अन्तरगत खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको जनजीवन प्रभावित भएको हो । 
शनिबार बिहानदेखि निरन्तर परेको वर्षाका कारण तीन वटै जिल्लाका माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ । 
खोटाङकै ट्याम्के, रुपाकोट, मेरुङ लगायतका उच्च क्षेत्रमा पनि हिमपात भएको छ ।  मंसिर र पुसकोभन्दा बढि चिसो भएका कारण स्थानीयबासी घरबाट बाहिर निस्कन सकेका छैनन् । यस्तै, सदरमुकाम दिक्तेलको चलहपहलमा पनि कमी आएको छ । 
यसैवीच, लामो समयपछि वर्षाका कारण किसान भने हर्षित भएका छन् । बालीनाली छर्ने समयमा पानी परेका कारण किसानलाई राहत मिलेको हो । 
खडेरी र सुक्खा मौसममा पानी परेका कारण किसानमा बालीनाली सप्रने आशा पलाएको छ ।