फागुन–१५, दश वर्षअघिदेघि पुर्वी नेपालमा संघर्ष गर्दै आएको खम्बूवान राष्ट्रिय मोर्चाले पुःन आफ्नो सिद्धान्त परिवर्तन गरेको छ । 
गत कार्तिक–१६ गते निर्वाचन आयोगबाट दलीय मान्यता प्राप्त गरेको मोर्चाले हालसम्म अवलम्बन गर्दै आएको ‘लोकतान्त्रिक समाजवाद’लाई छोडेर ‘खम्बुवान लोकतान्त्रिक बहुलवादी राष्ट्रिय मुक्ती बिचार धारा’ नामक नयाँ सिद्धान्त अवलम्बन गर्ने निर्णय गरेको हो । एउटा मोर्चाबाट एउटा पार्टीको मान्यता पाएका कारण आफ्नो पार्टीको सिद्धान्तलाई थप फराकिलो पारिएको मोर्चाका केन्द्रीय सचिव भूपी कोयीले जानकारी दिनुभयो । अव हुने चुनावमा जानकालागि पनि पार्टीकारुपमा तेश्रो पटक नयाँ सिद्धान्त तयार गरिएको सचिव कोयीको भनाई छ । 
केन्द्रीय कमिटिको बैठकले गरेको निर्णय विज्ञप्ती मार्फत सार्वजनिक गर्दै मोर्चाले नयाँ प्रतिपादित सिद्धान्तलाई टोल र गाउँ तहसम्म पुगेर प्रष्ट पार्ने जनाएको छ । 
पुर्वी नेपालको खोटाङ, भोजपुर, उदयपुर, सुनसरी, संखुवासभा लगायतका जिल्लामा केन्द्रीत हुँदै २०५९ साल भदौ–५ गते स्थापना भएको मोर्चाले शुरुमा ‘मुन्धुम बिचारधारा’ र त्यसपछि ‘लोकतान्त्रिक समाजवाद’को नारा बोकेर संघर्ष गर्दै आएको थियो ।