फागुन–१८, उपचारकाक्रममा ज्यान गुमाएका बिरामीको मृत्युको विषयमा छानबीन नगरेसम्मकालागि खोटाङ सदरमुकाम दिक्तेलस्थित हलेसी पोलिक्लिनिक बन्द भएका छन् ।
उपचारकाक्रममा ज्यान गुमाएका बाम्राङ–२ का ७० वर्षीय चन्द्रसेन राईको आफन्तले मृत्युको कारण माग गर्दै बिरोध गरेपछि उनको मृत्युको बिषयमा छानबीन नगरेसम्मकालागि पोलिक्लिनीक बन्द भएका हुन् ।
दुबै खुट्टा सुन्निने रोगको उपचार गर्नेक्रममा बिहिबार राती ज्यान गुमाएका राईको आफन्त र पोलिक्लिनीक सञ्चालकबीचमा मृत्युको विषयमा छानबिन नगरेसम्मकालागि बन्द गर्ने सहमती भएपछि शुक्रबारदेखि पोलिक्लिनिक बन्द गरिएको हो ।

मृत्युको विषयमा छानबीन नगरेसम्मकालागि पोलिक्लिनिक बन्द गर्ने सहमती भएपछि मात्र आक्रोशित आफन्तकले क्लिनिकबाट शुक्रबार मध्यान्ह शव उठाएर लगेका छन् ।
आफन्त र क्लिनीक सञ्चालकबीचमा मृत्युको छानबीन गर्ने, पोलिक्लिनिकको आधिकारिकता लगायतका विषयमा छानबीन गर्ने सहमती भएको छ ।
पाँच मिनेटको अन्तरमा दुई वटा सुई लगाएको पाँच मिनेटपछि नै राईको ज्यान गएको मृतकका भतिज छत्रबहादुर राईले बताउनु भयो । हलेसी पोलिक्लिनीकका डाक्टर जीवन मेहताले भने ‘एसीलक’ र ‘ल्यासिक्स’ नामक सुई ३० मिनेटको अन्तरमा लगाइएको बताउनु भयो ।
खुट्टाको समस्या लिएर उपचार गराउन आएका राई दम र मुटुको पनि बिरामी रहेको मेहताको भनाई छ ।
उपचार गर्न सम्भव नभए अन्यत्र रिफर गर्न आग्रह गर्दा पनि निको पार्ने भन्दै आफुहरुलाई क्लिनीकमै रोकेको मृतकका आफन्तहरुले अरोप लगाएका छन् ।

मृतकको आफन्तले बिहिबार रातीदेखि नै पोलिक्लिनिक बन्द गराएका थिए ।