फागुन २९ – रक्सीले मातेको झोँकमा खोटाङमा एक महिलाले आत्महत्या गरेकी छिन् । खोटाङको खार्मी–५ निवासी सर्बजित राईकी ३४ वर्षीय श्रीमति कल्पना राईले आत्महत्या गरेकी हुन् ।
दैनिकजासो जाँडरक्सी सेवन गरेर बस्ने कल्पनाले मातेकै झोँकमा विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजिव बस्नेतले बताउनुभयो ।
धेरैजसो मातेर बस्ने कल्पनाले दिउँसो कोही नभएको समयमा विष सेवन गरेको उनका श्रीमान सर्बजितले बताउनुभयो । सर्बजित भन्छन्, ‘म काउली रोप्न बारी गएको थिएँ, त्यही मौकामा विष सेवन गरेछ । म आइपुग्दा छट्पट्टी रहेकी थिइन् ! केहीबेरपछि मृत्यु भयो ।’
दुई छोरा र दुई छोरीकी आमा कल्पनाले आत्महत्या गरेपछि राई परिवारको विचल्ली भएको छ । आमाले आत्महत्या गरेपछि बस्र्यौंनी जस्तै जन्मिएका ती बालबच्चाको अवस्था कहाली लाग्दो भएको छ ।