चैत्र–८, आफ्नो बिबाह दर्ता र छोराको जन्मदर्ताका लागि खोटाङका एक महिलाले जिल्ला प्रशासन कार्यालय समक्ष गुहार मागेकी छन् । नौ वर्षअघि जन्मिएको छोराको जन्मदर्ता र आफ्नो विवाह दर्ताका लागि लफ्याङ–९ की २८ वर्षीया सुधा कट्वालले बिहिबार जिल्ला प्रशासन कार्यालय समक्ष गुहार माग्नु भएको हो । 
गाउँकै ३० वर्षीय रत्नबहादुर बस्नेतसँगको प्रेम र यौन सम्वन्धबाट जन्मिएको छोरो सुदीपको जन्म दर्ता नहुँदा पढ्नबाट बञ्चित भएको भन्दै सुधाले छोराको जन्म र आफ्नो विवाह दर्ताकालागि आग्रह गरेको बताउनु भयो । 
रत्नबहादुरले कक्षा–८ मा पढ्नेक्रममा आफुहरुको प्रेमसम्वन्धबाट जन्मिएको बच्चाको जन्म दर्ता र विबाह दर्ता गर्न नमानेपछि सुधाले प्रशासनलाई गुहार्नु परेको बताउनु भयो । पेटमा ८ महिनाको बच्चा हँुदा आफूलाई रत्नबहादुरले धोका दिएर अर्कैसँग बिहे गरेको सुधाको भनाई छ । सुदिप अहिले नौ वर्षका भएका छन् । 
रत्नबहादरसँगको प्रेमसम्वन्धबाट बच्चा जन्मिएपछि माइती घरबाट पनि निकालिएकी सुधा अहिले काका पर्नेको घरमा बस्दै आउनु भएको छ । ‘संगै बाँच्ने र संगै मर्ने कसम खाएर बर्बाद पा¥यो ।’ सुधाले भन्नुभयो,–‘मेरो मात्र होइन, छोराको भविष्य पनि बर्बाद पा¥यो ।’ 
सुधाको अनुरोधमा निमित्त प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले रत्नबहादुरलाई झिकाएर न्याय दिलाउन प्रहरीलाई निर्देशन दिनु भएको छ । प्रशासनले बिबाह दर्ता र छोराको जन्म दर्ता गराउने आश्वासन दिलाएपछि उहाँ घर फर्कनु भएको छ । सुधाले भन्नु भयो,–‘उसले बद्मास गरे पनि अव उसकै श्रीमती भएर बस्न र छोराको जन्मदर्ता गराएर पढाउन पाए हुन्छ ।’