चैत्र–१८, खोटाङ स्पोर्टस क्लवले स्वेच्छिक चन्दा संकलन गरी जिल्ला स्तरिय भलिबल प्रतियोगीता सञ्चालनको तयारी गरेको छ । जिल्ला तथा जिल्ला बाहिरका सर्वसाधारण, खेलप्रेमी व्यक्तीत्व, बजार तथा जिल्लाबासी, संघसंस्था, गाबिस लगायतको स्वेच्छिक सहयोग लिएर स्पोर्ट क्ल्वले जिल्ला स्तरिय भलिबल प्रतियागीता सञ्चालनको तयारी गरेको हो ।

सदरमुकाम दिक्तेलमा आगामी चैत्र–२७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने भलिबल प्रतियोगीता सञ्चालनकालागि स्पोर्टस क्ल्वका पदाधिकारीहरु दैनिकजसो घरदैलो अभियानमार्फत आर्थिक संकलनमा जुटीरहेका छन् । जिल्लाका खेलाडीहरुलाई खेलप्रति प्रोत्साहित गर्दै व्यवसायीक बनाउनकालागि ‘भिजन सेभेन’ नाम दिइएको प्रतियोगीताकालागि हालसम्म एक लाखभन्दा बढि रकम संकलन भएको खोटाङ स्पोर्टस क्लवका प्रबक्ता बिद्यान थापाले बताउनु भयो ।

आफ्नो आग्रह अनुशार जिल्ला बिकास समितिले प्रायोजन गर्न नमानेपछि क्लवले स्वेच्छिक चन्दा उठाएर प्रतियोगीता सञ्चालनको तयारी गरेको हो । उनीहरुको अभियानमा जिल्लाबासीले पनि स्वेच्छिक चन्दा दिएर सहयोग गरेका छन् । माटिकोरे खेल मैदानमा हुने जिल्लामा हालसम्मकै ठूलो प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने समुहले नगद ५० हजार, दोश्रो हुने समुहले ३० हजार, तेश्रो हुने २० हजार र चौथो स्थान प्राप्त गर्ने समुहले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्ल्वले जनाएको छ ।
आगामी २०७० मा पुर्वाञ्चलमा हुने बृहत राष्ट्रिय खेलकुद प्रतियोगीताको सातौं संस्करणलाई लक्ष्यीत गर्दै खोटाङ स्पोर्टस क्ल्वले जिल्लामा भलिबल प्रतियोगीता सञ्चालनको तयारी गरेको हो । सातौं संस्करणलाई लक्ष्यीत गरिएकाले यस प्रतियोगीलाई ‘भिजन सेभेन’ नाम दिइएको क्ल्वले जनाएको छ । बृहत राष्ट्रिय खेलकुद प्रतियोगीतामा जिल्लाको द¥हो उपस्थितिकालागि पुर्वतयारी स्वरुप भलिबल प्रतियोगीता गर्न लागिएको खोटाङ स्पोर्टस क्ल्वका सल्लाहकार पेम्बा तामाङले बताउनु भयो ।