चैत्र–२३, खोटाङको जालपाका बालबालिकामा गल्फु आउने समस्यको महामारी फैलिएको छ । दुई हप्ताअघि केही बालबालिकामा देखा परेको गल्फु आउने समस्याले हाल गाबिसका सबै बालबालिका बिरामी परेको स्थानीयबासी एबं जनसेवा समाज नेपाल जालपा खोटाङका अध्यक्ष इमान राईले जानकारी दिनु भयो । 
ग्रन्थी सुनिने, गाला सुन्निने, ज्वरो आउने, मुन्टो हल्लाउन गा¥हो हुने लगायतका लक्षण देखिने सरुवा रोगका कारण गाबिसका ३ वर्षदेखि १० वर्षमुनिका सबै बालबालिका बिरामी परेका छन् । 
बिरामी बालबालिकालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्न लगिए पनि रोग निको नभएको राईले बताउनु भयो । स्वास्थ्य चौकीले दिने ज्वरोको औषधि र गालामा टाँस्ने टेपले रोग निको हुनुको सट्टा झन फैलिँदै गएको स्थानीयबासीको भनाई छ ।