चैत्र–२३, सशस्त्र प्रहरीको सहयोगमा नेपाल पत्रकार महासंघ खोटाङ शाखाको कार्यालय आसपासको ग्राउण्ड, कुलेसो र पेटी सम्याइएको छ । 

सशस्त्र प्रहरी बल हलेसी गुल्मका २७ जना शसस्त्र प्रहरीको सहयोगमा दिक्तेल–६ मा रहेको नेपाल पत्रकार महासंघ शाखाको भवन अगाडि रहेको ग्राउण्ड तथा चारैतिरको पेटी र कुलेसो सम्याइएको हो । 
शसस्त्र प्रहरी र जिल्लाका पत्रकाहरुको टोलीले शुक्रबार वर्षाको समयमा कार्यालयको पेटी र कुलेसोमा झरेको ढुंगामाटो पन्छाउँदै ग्राउण्ड सम्याउने काम गरेको नेपाल पत्रकार महासंघ खोटाङ शाखाले जनाएको छ । 

पत्रकार महासंघको आग्रहमा सशस्त्र प्रहरी बल हलेसी गुल्मका सशस्त्र प्रहरी नायब उपरिक्षक खेमबहादुर थापा मगर र सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्रराज खड्काको नेतृत्वमा कुटो, कोदालो, गैंती, सावेल र ठेलागाडा सहित आएको सशस्त्र प्रहरीको टोलीले कार्यालयको वरिपरीको ढुंगामाटो पन्छाउँदै ग्राउण्ड सम्याउने काम गरेको महासंघले जनाएको छ ।