चैत्र–२६, खोटाङको मात्तिमस्थित गाउ“ फर्क कुलो सिंचाइ योजनाका प्रबन्ध निर्देशक प्रेम लामालाई जिल्लाका डनको नामले ज्यान मार्ने धम्की दिएका छन् । लामालाई योजनाको नाफा नदिए ज्यान तलमाथि गर्ने टेलिफोन मार्फत धम्काएका हुन् । 
दुई करोड १३ लाख रूपैया“को लागतमा सञ्चालित योजनाको २५ प्रतिशत काम समेत मागेको लामाले सुनाले बताउनुभएको छ । खोटाङका प्रहरी नायव उपरीक्षक राजिव बस्नेतले यसबारे आधिकारिक रूपमा जानकारी नआएको बताउनुभयो । यद्यपि सिंचाइ योजनाको काम रोकिदा काम सुचारु गराउन भने प्रहरी सफल भएको प्रहरी नायव उपरीक्षक बस्नेतको भनाइ छ । 
लामाले टेम्मा घर भएका विष्णुराज राईको नेतृŒवमा आफूलाई बारम्बार धम्की आउने गरेको र त्यसको जानकारी प्रहरीसमक्ष गराइ सकेको जानकारी दिनुभयो । यो समूहले गत चैत ४ गते सिंचाइ निर्माणको काम समेत रोकेको लामाले बताउनभयो । यो समूहले योजनाका कामदार केशव घिमिरेलाई समेत धम्की दिएको लामाको भनाइ छ । 
सिंचाइ सवडिभिजन कार्यालय नम्बर–३ दिक्तेलका सव डिभिजन प्रमुख इन्जिनियर एकराज भट्टराईले सिंचाइ योजनासम्बद्ध व्यक्तिहरूलाई ज्यान मार्ने धम्की आएकाले योजना उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर कटुवालको अध्यक्षतामा बसेको आम भेलाले शान्ति सुरक्षा पाऊ भनि दिएको निवेदनको आधारमा सिंचाइ विभाग समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजना ललितपुर केन्द्रीय कार्यक्रम व्यवस्थापन इकाइ ललितपुर, क्षेत्रीय सिंचाइ निर्देशनालय विराटनगरमा घटनाको जाकनकारी र दोषीलाई कारबाहीको माग गरिएको बताउनुभएको छ ।  
यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय खोटाङलाई समेत दिइएको इन्जिनियर भट्टराईले जानकारी  दिनुभयो । भट्टराईका अनुसार ज्यान मार्ने धम्कीमा संलग्न रतन्छाका जितेन राई र मिलन राईको समेत नाम उल्लेख गरिएको छ ।