चैत्र–२८, उदयपुरमा भएको यात्रुबाहक बस दुर्घट्नामा खोटाङको बतासे–१ का ५० वर्षीय शुकराज राई र खाँबु–२ का ४० वर्षीय बिष्णु राईको ज्यान ज्यान गएको छ ।

सदरमुकाम गाईघाटबाट यात्रु लिएर फोक्सिङटारकालागि छुटेको ना २ ख ५५०५ नम्बरको यात्रुबाहक बस खाँबु गाबिसको रातमाटेमा दुर्घट्ना हुँदा खोटाङको बतासे–१ का ५० वर्षीय शुकराज राई र खाँबु–२ का ४० वर्षीय बिष्णु राईको ज्यान गएको हो ।

ब्रेक फेल हुँदा बुधबार बिहान भएको दुर्घट्नामा दुई बच्चा सहित १५ जना घाईते भएका दुर्घट्नामा बच्न सफल बनेका बतासेका पुण्यप्रसाद रेग्मीले जानकारी दिनु भयो ।

शुकराजको घट्नास्थलमै र बिष्णुको उपचारकालागि सदरमुकाम गाईघाट लैजानेक्रममा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । घट्नापछि चालक फरार बनेका छन् ।