बैशाख–४, आगलागीमा परी खोटाङमा एक घर जलेर नष्ट भएको छ । बारीमा झ्याँस डढाउनेक्रममा सल्किएको आगोले विजयखर्क–७ का मोहन ढकालको घर जलेर नष्ट भएको हो ।
बुधबार दिउँसो भएको आगलागीमा ढकालको अन्नपात, लत्ताकपडा, भाँडाकुँडालगायत बन्दोबस्तीका सम्पूर्ण सामान जलेर नष्ट भएको छिमेकीले जानकारी दिएका छन् ।
छिमेकी सोमनाथ ढकालले बारीमा झ्याँस डढाउनेक्रममा हावाले उढाएको आगोको झिल्कोले सोमनाथको घरमा आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट ढकालको चार लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । घर जलेर नष्ट भएपछि ढकाल परिवार छिमेकीको आश्रयमा बसिरहेका छन् ।