बैशाख–६, काठमाण्डौको पेप्सिकोलामा अज्ञात समुहले चलाएको गोली लाग्दा खोटाङकी रमा भट्टराई घाईते भएकी छिन् । 
राति ९ बजेको समयमा अज्ञात समुहले चलाएको गोली लागेर भट्टराई घाइते भएको प्रहरीले जानकरी दिएको छ । 
घाईतेको भट्टराईको विएण्ड वि अस्पतालमा उपचार भैरहेको छ । घट्नामा संलग्नको खोजि कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।