बैशाख–९, साउदीअरबमा ज्यान गुमाएका एक मृतक परिवारले शव फिर्ता ल्याउनकालागि सहयोगको आग्रह गरेका छन् । 
महिना दिनअघि अघि साउदीअरबमा सुतेकै ठाउँमा ज्यान गुमाएका खोटाङको अर्खौले–१ का नरबहादुर पुरीको परिवारले शव नेपाल फिर्ता ल्याउनकालागि आग्रह गरेका हुन् । मृतकका दाइ लोकबहादुर पुरीले दिक्तेलस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रसमक्ष साउदीमा अलपत्र बनेको शव फर्काउनकालागि आवश्यक सहयोग र व्यवस्था मिलाइ दिन आग्रह गर्दै निवेदन दिनुभएको छ । 
शवलाई नेपाल फिर्ता ल्याउन तथा बैदेशिक रोजगार प्रवर्धन वोर्डबाट प्राप्त हुने रकम मिलाइदिन सूचना केन्द्र समक्ष गुहार मागेको मृतकका दाजु लोकबहादुरले बताउनुभयो । प्राप्त निवेदनको आधारमा पुरीको शव नेपाल ल्याउने पहल थालिएको सूचना केन्द्रका संयोजक भक्त राईले जानकारी दिनुभयो । 
रोजगारीका सिलसिलामा एक वर्षअघि साउदीअरब पुग्नु भएका पुरीको गत फागुन–२६ गते सुतेकै अवस्थामा ज्यान गएको थियो । पुरीको शव एक महिनादेखी साउदीमै राखिएको आफन्तहरुले बताएका छन् ।